FLASH NEWS
  • Loading...

राखुकाेटभगवतीमा चार लाख ७१ हजार रुपैयाँ तिरेर भण्डारीले छिनाए सरकारी राँगो

राखुकाेटभगवतीमा चार लाख ७१ हजार रुपैयाँ तिरेर भण्डारीले छिनाए सरकारी राँगो

रघुगंगा गाउँपालिका, २ स्थित प्रशिद्ध भगवतीकोट मन्दीरमा वली चढाईएको सरकारी राँगोलाई स्थानीय सोवित भण्डारीले चार लाख ५१ हजार शुल्क तिरेर छिनाएका छन ।

नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा अनुसार भगवतीकोट मन्दीरमा वली चढाईएको सरकारी राँगो मार हान्न (काट्न) रघुगंगा गाउँपालिका, ३ कलेजावाङका सोवित भण्डारीले चार लाख ७१ हजार रुपैयाँ वोलकवोल गरेका थिए ।

एकै प्रहारमा एक बर्षे राँगो छिनाएपछि भण्डारीलाई स्थानीयले अविरजात्रा, वाजागाजासहित हर्सोल्लाससहित खुसीयाली मनाएका छन । नवदुर्गालाई वली चढाईने राँगो मार हान्न रघुगंगा गापाा, २ कटुवालटोलका रमेश कटुवालले चार लाख ५० रुपैयाँ बोलेर पछ्याएका थिए ।

‘राखुभगवती मन्दीरमा दुर्गाभगवतीलाई चढाईने वली काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ रघुगंगा गापा, २ का वडाध्यक्ष अमृत भण्डारीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’

भगवतीकोट मन्दीर पुजा ब्यवस्थापन समितिले सरकारी राँगोको मुल्य ५० हजार रुपैयाँ तोकेको थियो । कालरात्रीको राती १२ बजे भगवती मन्दीरमा ‘निमको पाठो’ वली दिन त्यसक्षेत्रका हजारौं सर्वसाधारण कोटमन्दीरमा भेला हुने प्रचलन छ ।

जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।

कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दीरमा निर्धारित १ घन्टाको समयावधीमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुहले समितिमा नाम लेखाउनु पर्छ । सोही अनुसार सूचिकृत भएका ब्यक्तिहरुले पालोपालो रकम बोलकवोल गर्ने र जस्ले धेरै रकम बोल्छ उसैले राँको काट्न दिने गरिन्छ ।

त्यसस्तै सरकारी राँगो मार हान्न उत्तरी क्षेत्रको अन्नपूर्ण गाउँपालिका, ६ घार, बेनी नगरपालिका, २ गौस्वारा र धवलागिरी गाउँपालिका, ७ स्थित ताकम कोट मन्दीरमा पनि वोलकवोल गर्ने गरिन्छ । तर यहाँको मन्दीरमा राखु भगवती मन्दीरमा जस्तो महंगो मुल्य तोक्ने गरिन्न ।