FLASH NEWS
  • Loading...

म्याग्दीका ऐतिहाँसिक तथा पुरातात्विक भगवती मन्दीरहरु

म्याग्दीका ऐतिहाँसिक तथा पुरातात्विक भगवती मन्दीरहरु

म्याग्दीमा विभिन्न स्थान (भेग)मा ऐतिहाँसिक र पुरातात्विक महत्वका भगवतीकोट मन्दीर रहेका छन । तर स्थापत्यकालको दृष्टिकोणले महत्व राख्ने सय बर्ष नाघेका नेपाली प्रविधीबाट निर्मित मठमन्दीर, पाटीपौवा, पुराना घर तथा मौलिक प्रविधी हराउँदै जान थालेका छन ।
प्राचिन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित)को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले सय बर्ष नाघेका मन्दिर, घर, देवालय, शिवालय आदी तथा सो ठाउँमा रहेका स्मारकहरुको भग्नावशेषलाई ‘प्राचिन स्मारक’ र सो कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने अभिलेखहरु, मुद्रा वा एतिहासिक विशिष्ट ब्यक्ति बसेको घर र घरायसी सामाग्री, मुर्ति, देवी देवताको मन्दीर, चैत्य, शालिक आदीलाई ‘पुरातात्विक बस्तु’ भन्ने गरिएको छ ।
मठमन्दिरहरु समाजका पवित्र स्थल मात्र होईन जनमानसको आस्था, विश्वास र साँस्कृतिक धरोहर पनि हुन । म्याग्दीका ऐतिहाँसिक र पुरातात्विक महत्वको भगवतीकोट मन्दीर मध्यको एक हो, बेनी नगरपालिका, २ ज्यामरुककोट स्थित खड्गभवानी भगवतीकोट । तत्कालिन पर्वत राज्यको शक्तिशाली थुम (कमाई खानु भनी विर्ता दिएको राज्य) अर्न्तगत भर्तिवम मल्लले बनाएका हुन ।

ताकमकोट मन्दीर ः
धौलागिरी गाउँपालिका, ७ ताकमस्थित काकमकोट मन्दीर कम्तीमा ५ सय बर्ष पुराना एतिहाँसिक एवं प्राचिन सम्पदा रहेको ताकमकोट मन्दीर ताकम राज्यमा विस १२४६–१५४५ कालमा ताकमकोट मन्दीर निर्माण भएको किम्बदन्ती छ ।

घतानकोट मन्दीर ः
तत्कालिन पर्वत राज्यका संस्थापक तथा शक्तिशाली राजा डिम्ब मल्लको गाजनेस्थित दरवारमा विसं १५७०–८० तिर आगोलागी भएपछि ढोलठानामा दरवार सारेका थिए । सोही समयमा मल्लले ढोलठानामा दुर्गभगवतीकोट मन्दीर स्थापना गरेका थिए । सोही मन्दीरलाई हाल घतानकोट मन्दीर भन्ने गरिएको छ । मन्दीरको पुरानो स्वरुप हाल परिवर्तन भएको छ, पुराना इट्टाका अवशेष भने अझै कतै देख्न पाईन्छ ।

बेनीकोटमन्दीर ः
काली गण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा तत्कालिन पर्वतका राजा मलवमले १७५४ बेनीकोट मन्दीर बनाएका थिए । बेनी कोटमन्दीर मल्ल राजको हिउँदे राजधानी बेनीको टक्सार पनि हो । इट्टाले बनेको पाञ्चायन शैलीमा निर्मित उक्त ऐतिहाँसिक मन्दीरको स्वरुप फेरिएको छ ।

राखुभगवतीकोट मन्दीर ः
रघुगंगा गाउँपालिका, २ स्थित भर्लाको डाँडामा अवस्थित राखु भगवतीकोट मन्दीर आज भन्दा कम्त्मीा ७ सय बर्ष अघि निर्माण भएको मानिन्छ । तत्कालिन भुरे राजाले भर्लाको डाँडामा (मैदान नजिकै) स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिका अर्न्तगतका (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग गाविस) साझा मन्दीरको रुपमा रहेको छ ।
राखु भगवतीकोट ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउने जिल्लाको एक मात्र मन्दीर हो । राष्ट्रिय गुठी संस्थानले जिल्ला मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ जाँदा/फर्कदा यही राखुमा बास बसेको र गोर्खा फर्केपछि राखु भगवती कोटमन्दीरमा पनि पुजा संञ्चालनार्थ धजाअक्षेता खर्च निरन्तर आईरहेको छ ।

घारभगवतीकोट मन्दीर
अन्नपूर्ण गाउँपालिका, ६ घारमा अवस्थित घार कोटमन्दीर स्थापना मिती खुलेको छैन । श्रुति परम्परा अनुसार विसं १६००–१७०० सालतिर घार उपत्यकामा मगर राजा ‘दुर्गे’ले घारकोट भगवती कोट मन्दीर बनेको विश्वास गरिन्छ । कोटपाखाबाट कहिले माथी गाउँको विचमा स्थानन्त्रण गरिएको हो भन्ने पनि कतै तिथीमिती खुलेको छैन ।  स्थापनाकालमा घारभगवती कोट हाल घारगाउँको पुछारमा पश्चिम फर्केको सानो थुम्कोमाथी (कोटपाखा)मा थियो । उक्त खरको छानो भएको मन्दीर जलेपछि भगवतीमन्दीर गाउँको विचमा ल्याई स्थापना गरिएको हो । भगवती कोट मन्दीर स्थानन्त्रण गरिएको भएपनि उक्त स्थानलाई अझै कोटपाखा भन्ने गरिन्छ ।

नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा छ । परम्परा अनुसार भगवती कोट मन्दीरमा वली चढाईने चलन छ । हाल जिल्लाका प्रायः सवै वस्तीका पाएक पर्नेगरी दुर्गाभगवतीका मन्दीरहरु निर्माण भएको छ । तत्कालिन पर्वत राज्य कला, बास्तुकलाको हिसावले विशिष्ठ स्वरुप नभएपपनि यी एतिहाँसिक सम्पदा हुन ।