FLASH NEWS
  • Loading...

अन्नपूर्णको घारमा खुल्यो दुग्ध उद्योग

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • २४३ पटक पढिएको
अन्नपूर्णको घारमा खुल्यो दुग्ध उद्योग

अन्नपूर्ण गाउँपालिका, ६ घार स्थित शिद्ध बहुउद्देश्यीय सहकारी संस्ला लिमिटेडले घ्यु, पनिर, दही समेतका दुग्धजन्य उत्पादन सुरु गरेको छ ।
दुधको गुणस्तर मापन गर्ने मिल्क एनलाईजर र दुध चिस्यानगरी सुरक्षित गर्ने चिलिङ भ्याट मेशिनको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनले बुधवार एक समारोहविच उद्घाटन गरेका छन । सोही वस्तीमा संञ्चालित हिमालय चीज उद्योग वन्द भएपछि कृषकको दुध खेर गैरहेको थियो । आफ्ना सदस्यहरुको घरमा दुध उत्पादनबढी भै खेर गएपछि सहकारीले दुधजन्य उत्पादन थालेको हो ।


संस्थाले दुधको गुणस्तर कायम गर्न स्वचालित गुणस्तर मापन गर्ने ‘मिल्क ऐनलाईजर’ मेशिनद्धारा दुधमा भएको पानी, चिल्लोपदार्थ, गुलियोपना र ठोसपदार्थको मात्राको पहिचान गरी सोही अनुसारको मुल्य कायम हुने ब्यवस्था गरेको छ । कृषकले आफ्नो दुधको गुणस्तर कम हुने वित्तिकै दुधको मुल्य पनि कम पाउने भएकोले शुद्ध दुध ल्याउने विश्वास गरिएको छ ।

स्वचालित मिल्क एनलाइजन मेशिनमा दुध राखेपछि मेसिनले दुधको एनलाईज्डगरी डिस्प्ले बोर्डमा दुधमा रहेको पानी, चिल्लोपदार्थ, गुलियोपना र ठोसपदार्थको आधारमा दुधको मुल्य निर्धारण गरिदिने भएकोले सोही आधारमा कृषकको दुधको मात्राका आधारमा मुल्य निर्धारण हुने छ ।
‘कृषकको दुध उपयोग नहुँदा दुई बर्षदेखी खेर गैरहेको थियो । त्यसैले सहकारीले नेतृत्वगरी दुग्धजन्य उत्पादन थालेका हौं’ शिद्ध बहुउद्देश्यीय सहकारी संस्ला लिमिटेडका कोषाध्यक्ष युवराज वरुवालले भने, ‘परिक्षणकालको पहिलो १५ दिनमा १६ जना कृषकले दैनिक ८८ लिटर दुध ल्याउनु भएको छ । अव थप नयाँ कृषकहरुले दशैंपछि ल्याउनु हुन्छ ।’
कोषाध्यक्ष बरुवालका अनुसार गाई र भैसीको, लैनो र बगेर्नो तथा दाना धेरै खाएको र घाँसबढी खाएको आधारमा दुधको गुणस्तर फरक पर्ने हुन्छ ।