FLASH NEWS
  • Loading...

मोना फोटोप्रतियोगिता ः पुलहश्रमले जित्यो एक लाख पुरस्कार , फुच्चे गुराँसलाइ खाेजी फाेटाे अवार्ड

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १४५ पटक पढिएको
मोना फोटोप्रतियोगिता ः पुलहश्रमले जित्यो एक लाख पुरस्कार , फुच्चे गुराँसलाइ खाेजी फाेटाे अवार्ड

म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले आयोजना गरेको खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका, ५ स्थित पुलाहश्रमदेखी बेनीसम्म देखिने हरीकृष्ण गौतमको फोटोले १ लाख राशीको पहिलो पुरस्कार जितेको छ ।
मोना अष्ट्रेलियाले गृह जिल्ला म्याग्दीको पर्यटन प्रर्वद्धन गर्न आयोजना गरिएको फोटो प्रतियोगितामा फोटोलाई लाईक, शेयर र कमेन्टको आधारमा मुल्याङ्कन गौतमको फोटोलाई पहिलो घोषणा गरिएको हो ।
त्यसैगरी बेनी नगरपालिका, ९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठानाको दृश्यरहेको फोटोले ५० हजार राशीको दोस्रो पुरस्कार हात पारेको छ । रघुगंगा गाउँपालिका, ३ पिप्लेका भविन्द्र शाहीले खिचेको स्थानीय भगवती मन्दीरले तेस्रो स्थान पाएको छ । केही वर्ष अघिमात्र निर्मित यो मन्दीरले गत वर्ष मोना अष्ट्रेलियाले आयोजना गरेको फोटो प्रतियोगितामा दोस्रो स्थान पाएको थियो ।


मोना अष्ट्रेलियाले सोमबार आफ्नो फेसवुक पेजबाट सार्वजनिक गरेको विविरण अनुसार प्रतियोगितामा सहभागी घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, देवि जिसीको मालिका धुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालको ताकम स्थित हनुमान मुर्क्तिले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालले मोष्ट लाईक अवार्ड जितेका छन । त्यस्तै सुदिप शर्माको जलजलाले मोष्ट च्याम्बर अवार्ड जितेको छ ।
उद्योग वाणिज्य संद्ध म्याग्दीको सहकार्यमा आयोजनामा धार्मिक, सांस्कृतिक तथा जनजीवन झल्कने र जिल्लाको पर्यटन प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितामा दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार पुरस्कार पाउने छन ।
फोटोलाई लाईक, शेयर र कमेन्टको आधारमा मुल्याङ्कन गरिने सर्त भएकोले प्रतियोगीहरुले आ–आफ्ना फोटामा लाईक, शेयर र कमेन्ट गरी माग्न पाठकलाई अस्वभाविक र अस्वस्थ्य करवल गरेको, जनघनत्वको आधारमा आफ्नै दैलो छेउको, गाउँका जस्तो पनि फोटोलाई लाईक कमेन्ट गर्दा खास पर्यटन क्षेत्र पहिचान हुन नसकेको भनी पाठकले टिप्पणी गरेका छन ।