FLASH NEWS
  • Loading...

११ केभी हाइटेन्सन विधुत पाेलबाट करेन्ट लागेर बरंजामा बृद्धको मृत्यु

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ७३ पटक पढिएको
११ केभी हाइटेन्सन विधुत पाेलबाट करेन्ट लागेर बरंजामा बृद्धको मृत्यु

नेपाल विधुत प्राधिकरणको चरम लापरबाहीको कारण मंगला गाउँपालिका, ४ बरंजामा एक बृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार आइतवार दिउँसो ११ केभि हाइटेन्सन लाइन रहेको पोलको सपोटिङ तार छुँदा मंगला गापा, ४ आकुलीका ६५ बर्षिय राजेन्द्र विकको घट्नास्थलमै मृतु भएको हो । विधुत प्राधिकरणले हाइटेन्सन लाइन सर्ट भएकाे कुरा समयमै खाेजी गरी ब्यवस्थापन नगर्दा दुर्घटना भएकाे हाे ।
बाटो हिंड्ने क्रममा पैदल बाटो छेउमा रहेको ११ केभी हाइभोल्ट विधुत चुहिएको विजुलीको पोलको छोईदा करेन्ट लागेको हो । मृतकको पोष्ट मार्टम गर्न सदरमुकाम स्थित बेनी अस्पतालमा ल्याइ पुर्‍याईएको र सोमबार दिउँसो पोष्ट मार्टम हुने प्रहरीले जनाएको छ ।