FLASH NEWS
  • Loading...

सहकारी संकटका विच युनिक सहकारीले बाँड्यो ५ प्रतिशत मुनाफा

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ४९ पटक पढिएको
सहकारी संकटका विच युनिक सहकारीले बाँड्यो ५ प्रतिशत मुनाफा

सहकारी संस्थाहरुमा चरम आर्थिक अनियमितता र संकटग्रस्त बनेको बेला सदरमुकाम बेनीमा रहेको युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने आर्थिक बर्ष ०८०/८१ मा आफ्ना शेयर सदस्यलाई ५ प्रतिशत मुनाफा वितरण गर्ने भएको छ ।
संस्थाको विहिवार सम्मन्न १८ औं वार्षिक साधारण सभाले आव ०८०/८१ को खुद मुनाफा २६ लाख ७६ हजार ४ सय ५५ रुपैयाँबाट जगेडा कोष, कर्मचारी वोनस कोष, सहकारी शिक्षा कोष, घाटापूर्ति कोष, सहकारी विकास कोष, अन्य जोखिम कोष र सामुदायीक विकास कोषमा छुट्टाएर बाँकी रहेको ५ प्रतिशत रकम मुनाफा वितरण गर्न लागेको अध्यक्ष बाबुराम आचार्यले बताए ।
युनिक वचत तथा ऋण सहकारी संस्थाको विहिवार बेनी नगरपालिकाका मेयर सुरत केसीले एक कार्यक्रम विच उद्घाटन गरे । संस्थामा ३ सय ८९ जना शेयर सदस्यको न्यूनतम ३ हजार ५ सय रुपैयाँदेखी तीन लाख रुपैयाँसम्म शेयर लगानी रहेको छ ।
संस्थाले गत वर्ष ४ करोड १० लाख ९८ हजार ८ सय ४९ रुयैयाँ निक्षेप संकलनगरी ४ करोड ९४ लाख २६ हजार ४ सय २१ रुपैयाँ गरेको गरेको र संस्थामा धितो सुरक्षण रहेको तर भाखा नाघेको ८४ लाख लगानीबाहेक कुनै जोखिमयुक्त लगानी नरहेको अध्यक्ष आचार्यले बताए ।
बेनीको क्याम्पसचोकमा भाडाको घरमा रहेको संस्थाको १८ औं साधारण सभाले सचिव सुमन पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मञ्जु बानियाँको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा शाखा प्रवन्धक मिठे सुनारलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।