FLASH NEWS
  • Loading...

शरद सिजनमा धौलागिरी अाराेहण गर्ने घटे, अन्नपुर्ण प्रथममा शुन्य

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १११ पटक पढिएको
शरद सिजनमा धौलागिरी अाराेहण गर्ने घटे, अन्नपुर्ण प्रथममा शुन्य

धौलागिरी प्रथम हिमाल आरोहण मार्गको अमेरिकन क्याम्पबाट देखिएको धौलागिरी प्रथम हिमाल (८१६७ मी.)को चुचुरो ।

यस वर्षको शरदऋतुमा म्याग्दीको धवलागिरी गाउँपालिका, ४ मा अवस्थित धौलागिरी प्रथम हिमाल आरोहण गर्न एउटा मात्र समुहबाट १४ जना पुरुष आरोहीहरुले अनुमति लिएका छन । पर्यटन विभागकाे अभिलेखमा म्याग्दीकाे अर्काे अन्नपूर्ण गाउँपालिका, ४ मा पर्ने अन्नपूर्ण प्रथम हिमाल अाराेहणकालागी याे सिजनमा एउटै पर्वताराेहीले अनुमति लिएका छैनन ।

धौलागिरी आरोहणमा बसन्त याममा आउने आरोहीको संख्या पोहोरको बसन्तयामको भन्दा आधावढीले थोरै हो । गत अटोमन (वसन्त सिजन)मा ८ जना महिलासमेत ३० जनाले धौलागिरी आरोहण अनुमति लिएका थिए ।

पर्यटन विभागले पछिल्लो पटक १६ सेप्टेम्बर (३१ भदौ ०८१)मा जारी गरेको अटोमन सिजनमा पर्वताारोहण अनुमतिबाट प्राप्त आरोहण रोयल्टी सम्बन्धी विवरण अनुसार धौलागिरी प्रथम हिमाल आरोहण गर्न १४ जनाले आरोहण अनुमति लिएका हुन । विभागकाे विवरणमा अन्नपुर्ण प्रथम हिमालमा जाने अाराेही संख्या शुन्य देखिएकाे छ । अन्नपुर्ण चाैंथाेमा भने एउटा समुहकाे एक जना महिला समेत ५ जना अाराेहीले अाराेहण अनुमति लिएका छन ।

त्यसैविच म्याग्दी र रुकुमपूर्व जिल्लाको सीमावर्ती (भौगोलिक सीमा विवाद रहेको) पुथा हिमचुली (७२ ४६ मिटर) आरोहण गर्न २ वटा समुहका २ महिला समेत ९ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

विभागको विवरण अनुसार धौलागिरी हिमाल आरोहण अनुमति लिएका पर्वतारोहीबाट १२ हजार ६ सय युएस डलर अर्थात नेपाली १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर प्राप्त भएको छ ।

पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु याम (सेप्टेम्बर, अक्टुवर र नोभेम्बर)कालागी नेपालका १० वटा हिमाल आरोहण गर्न ५४ देशका ८८ जना महिला र २ सय ७४ पुरुषले अनुमति पाएका छन । आरोहण अनुमति पाएका मध्य सवैभन्दा बढी मनास्लु हिमालमा २८ टिमबाट ८२ जना महिला र २ सय २६ पुरुषले आरोहण अनुमति पाएका छन । चालु सिजनमा मनास्लु पछि धेरै पर्वतारोहीको रोजाइमा परेको हिमाल धौलागिरी बनेको छ ।

चालु सिजनको सेप्टेम्बर १६ तारेखसम्मको विवरण अनुसार पर्वतारोहण सलामीबाट नेपालले ३ लाख ९ सय २५ युएस डलर अर्थात ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ शुल्क संकलन गरेको छ ।

सरद याममा सगरमाथा बाहेक ८ हजार अग्गा हिमाल आरोहण गर्न चाहने पर्वतारोहीले आरोहण सलामी वापत प्रति आरोही ९ सय डलर तिर्नु पर्छ । अन्य साथा हिमाल आरोहण गर्न भने न्यूनतम १ सय २५ देखी अधिकतम ४ सय युएस डलरसम्म सलामी तिर्नु पर्ने ब्यवस्था छ ।