FLASH NEWS
  • Loading...

दरवाङमा म्याग्दी नदीले बगाउँदा बालक बेपत्ता

  • पुनहिल डट कम
  • १६ घण्टा अघि
  • ६४ पटक पढिएको
दरवाङमा म्याग्दी नदीले बगाउँदा बालक बेपत्ता

मालिका गाउँपालिका, ६ दरवाङमा म्याग्दी नदीले बगाएर  एक बालक बेपत्ता भएका छन । शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका,१, निस्कोट घर भई दरबाङमा बस्दै अाएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरी निरीक्षक सागर पाैडेलले दिएकाे जानकारी अनुसार शुक्रबार साँझ करिब सवा पाँच बजेको समयमा पटेललाइ पौडी खेल्ने क्रममा खोलाले बगाए हाे । पटेल एक्लै खाेलामा गएकाे वा अन्य साथीहरूसँग गएका थिए भने नखुलेकाे प्रहरीले बताएकाे छ । खाेलाले वालक बगाएकाे भन्ने सूचनाकाे अाधारमा प्रहरी र स्थानीयले खाेजी गर्दा भेटिएका कपडा र चप्पलबाट परिवारले सलमान पटेलकाे भएकाे पुष्टी गरेका थिए ।