FLASH NEWS
  • Loading...

‘त्रिदण्डी स्वामी’ले मागे माफी

  • पुनहिल डट कम
  • २ दिन अघि
  • २२९ पटक पढिएको
‘त्रिदण्डी स्वामी’ले मागे माफी

वैदिक सनातन धर्म अर्न्तगतको धार्मिक आश्रम ‘श्री लक्ष्मीहरि नारायण आश्रम’ का उत्तराधिकारी ‘अनन्तश्री विभूषित जगद्गुरु त्रिदण्डी स्वामी’ को सोमबार बेनीमा भएको स्वागत समारोहमा आफुबाट त्रुटी भएको भन्दै नरनारीसँग माफी मागेका छन ।
‘यात्राको प्रशंगमा भदौ ३१ गते भीडमा असावधानीबस भएको अपराधनमा हामी स्वयं लज्जित छौं’ श्रीलक्ष्मीहरी मन्दिर रत्नेचौरले मंगलवार एक प्रेस नोट जारी गरी ‘श्रीभगवन्नाम, श्रीरामनामी लाइ कम्मरदेखी तल धारण नगरी आदरपूर्वक शीरमा धारण गर्नुमा हामीबाट गोडाले वा जुत्ता चप्पलले प्रमादवस टेकिएकोमा सप्रायाश्चित भविश्यमा सावधानी हुने’ भन्दै क्षमा मागिएको हो ।
‘त्रिदण्डी स्वामी’ को स्वागत गर्दा भुईमा राखिएको ‘रामनामी’ गेरु वस्त्रमा टेकी ‘भगवान रामको’ अपमान गरेको र भगवान भन्दा आफुलाई माथी राख्न खोजेको भनी सामाजिक संञ्चालमा आलोचना भएको थियो

बेनी नगरपालिका, १ रत्नेचौर स्थित ‘श्री लक्ष्मीहरि नारायण आश्रम’ मा रहँदै आएका हिमालय बाबाले हालै मात्र जगतगुरुबाट ‘जगतगुरु अनन्तश्री विभूषित त्रिदण्डी स्वामी’ उपाधी ग्रहण गरेका हुन । ‘क्रिदण्डी स्वामी’ले सम्मान कार्यत्रममा बताए अनुसार हिमालय क्षेत्रमा पाईने दुर्लभ निगालाको तल र माथीको टुप्पोमा आँख्ला भएको दण्डी बोक्ने ब्यक्तिको उचाई बराबरका तिन वडा दण्डी र एउटा उपदण्डी रहेको हुन्छ ।
भववान विष्णुलाई प्रमुख उपास्य भगवान मान्ने विष्णु अनुयायीहरु बैष्णव हुन । ज्ञान, शक्ति, बल, वीर्य, ऐश्वर्य र तेज जस्ता गुणका आधारमा दुई सप्रदाय छन, स्वामी रामानुजाचार्य फ्रर्वतक रहेको श्रीवैष्णव अर्थात रामानुजावतार (त्ष्लबब िच्बबलगवष्क) र स्वामी भाष्कराचार्य प्रर्वतक रहेको कृष्णअवतार अर्थात निम्बार्क सम्फ्रदाय (द्यबचनब िच्बबलगवष्क) गरी दुई सम्प्रदाय रहेका छन ।
‘त्रिदण्डी स्वामी’ श्रीवैष्णव समुदायका एक सन्त हुन । भगवान विष्णुप्रिया महाँलक्ष्मीमा आश्रित रही विष्णुको रामानुजवतारमा विश्वास गर्छन । मन्दीर र मुर्ति पुजा गर्दैनन । आफुभन्दा माथील्ला स्वामिबाट प्रदान गरिने ‘विभुषण’ का आधारमा भगवानप्रति अनुष्ठा गर्ने, आराधना गर्ने र ‘त्रिदण्डी’ प्राप्त गरेपछि दण्डी सन्यासी भै भिक्षाटनबाट प्राण धारण गर्दछन ।