FLASH NEWS
  • Loading...

कर्णप्रिय बेनीकाे बजार गीतकी गायिका छन्त्याल सम्मानित

  • पुनहिल डट कम
  • ५ दिन अघि
  • १५७ पटक पढिएको
कर्णप्रिय बेनीकाे बजार गीतकी गायिका छन्त्याल सम्मानित

म्याग्दी सदरमुकाम बेनीलाइ परिचय गराउने पुरानाे र कर्णप्रीय ’बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी गायिका मन छन्त्याल श्रेष्ठलाइ सम्मान गरिएकाे छ ।

शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनः छायांकन गरिएकाे म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठलाइ सम्मान गरेकाे हाे ।

पाँच दशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै  गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीले  दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । जेसीज म्याग्दीले पानी खायो बाघलै एवं बेनीको बजार गीतको पुनर्निर्माण गरेको हो ।