FLASH NEWS
  • Loading...

बाग्लुङमा जीप दुर्घटनामा रूकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु, घाइते चालककाे बाग्लुङमा उपचार हुँदै

  • पुनहिल डट कम
  • ६ दिन अघि
  • ६२ पटक पढिएको
बाग्लुङमा जीप दुर्घटनामा रूकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु, घाइते चालककाे बाग्लुङमा उपचार हुँदै

बाग्लुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढा र अन्य एक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा घाइते चालक प्रेम पुन, बाग्लुङमा उपचारक्रममा

दुर्घटनामा घाइते रूकुमपूर्व भुमे गाउँपालिका, ३ का २९ बर्षिय प्रेमबहादुर पुनलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।