FLASH NEWS
  • Loading...

शी लिड्स आइकनको टप २७ मा म्याग्दीकी दिवा पुन छनौट

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ६० पटक पढिएको
शी लिड्स आइकनको टप २७ मा म्याग्दीकी दिवा पुन छनौट

म्याग्दी अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र समेटिएकी छिन ।

इन्टरनेशनल फाउण्डेसन फर इलेक्ट्राेरल सिस्टम भन्ने संस्थाकाे सहकार्यमा नेपालका विभिन्न महिला अधिकारवादी संस्थाहरूकाे साझा मञ्च हाे, सि लिड्स, नेपाल च्याप्टर । स्थानीय तहहरूकाे नितीनिर्माणा र कार्यान्वयनमा महिला जनप्रतिनिधीले देखाएकाे अात्मविश्वास, ज्ञान र सीपकाे उपयाेग गरिरहेका देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरु छनाैटमा म्याग्दी अन्नपूर्णकी दीवा तिलिजा सहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा परेकी हुन ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको छ । उपाध्यक्ष पुन लामो समय बालबालिका, विकास निर्माण, स्वास्थ्य र महिला शसक्तीकरणका क्षेत्रमा काम गरेकाे अनुभवसहित स्थानीय सरकारमा प्रवेस गरेकी हुन । सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने छ ।

यसरी गर्न सकिन्छ भोट ?

१) अनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ ।

२) अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>18 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ ।