FLASH NEWS
  • Loading...

पारिश्रमिक नपाएपछि प्लम्बरले नै काटे बेनी खानेपानी पाईप

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६९ पटक पढिएको
पारिश्रमिक नपाएपछि प्लम्बरले नै काटे बेनी खानेपानी पाईप

म्याग्दी, ७ साउन ।

पारिश्रमिक नपाएको झोंकमा प्लम्बरले नै पोलिथिन पाईप लाईन काटेपछि बेनीमा वितरण भएको खानेपानी आपूर्ति बन्द भएको छ ।

बेनीजोमसोम सडक विस्तार गर्ने क्रममा खानेपानी पाईप लाईनमा क्षति पुगेपछि ठेकदारले खानेपानी मर्मत गरेका थिए । खानेपानी पाईप लाईन मर्मत गरेको ज्याला नपाएपछि प्लम्बरले पाईपलाईन काटेपछि आपूर्ति बन्द भएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । संस्थाले खानेपानीको पाईप काट्ने ब्यक्तिको नाम भने खुलाएन ।

बेनी ल्याएको खानेपानी पाईप नियतवस काटिएको रहेछ । हामीले प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गरी कारवाही गर्न उजुरी गरेका छौं बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘सडक विस्तार गर्ने क्रममा क्षति पुगेको खानेपानीको पाईप मर्मत गराएको ज्यालो ठेकदारले नदिएको रहेछ । ज्याला नपाएपछि आक्रोसमा आएका प्लेम्बरले नै पाईपलाईन काटेका रहेछन ।

बेनीगलेश्वरराउपारेसम्मको ८ किमी खण्डमा राखिएको जिआई पाईप विस्थापित गरी कालो पोलिथिन पाईप जोडिएकोमा पानीको प्रेसर नथेग्ने समस्या पनि छ । पोलिथिन पाईपले पानीको प्रेसर थेग्न नसक्दा फुट्ने समस्या आएकोले प्रेसर घटाएर बेनीमा लोडसेडिङ गरी खानेपानी वितरण गरिएको संस्थाले जनाएको छ ।

स्मार्ट ग्रिड सिस्टममा लैजान खोजिएको बेनी खानेपानी आयोजनाको गलेश्वरराउपारे खण्डमा मुख्य पाईप लाईनमा पटकपटक समस्या आउने गरेको छ । पाईप फुटेर खानेपानी सप्लाई रोकिएपछि बेनीमा खानेपानीको हाहाकार हुने गरेको छ । यो खण्ड पहिरो ग्रस्त भएकोले अघिल्ला बर्षपनि बर्खाको सिजनमा पाईप लाईनमा समस्या आई खानेपानी वितरण प्रभावित हुने गरेको थियो ।