- Loading...
म्याग्दी अदालतका ५३ प्रतिशतबढी मुद्धा सम्बन्ध विच्छेदका
- घनश्याम खड्का
- २ महिना अघि
- १३० पटक पढिएको
मुलुकी देवानी संहिताले पत्नीसंग सम्बन्ध विच्छेदकालागी सजिलो बनाएसँगै सम्बन्ध विच्छेदका घट्ना हृवात्तै बढेका छन ।
अदालतको आव ०८०/८१ मा दर्ता भएका कुल ५ सय ९२ थान फिराद (मुद्धा)मध्य सम्बन्ध विच्छेदका मात्र ३ सय १७ वटा (५३.४५ प्रतिशत)थान मुद्धा रहेका छन । सोही अवधिमा अदालतमा दर्ता भएका दुनियाँवादी देवानी तर्फका ४ सय ३७ थान मुद्धामध्य ७२.५४ प्रतिशत र पारिवारिक विवादका कुल ३ सय ६८ वटा मुद्धामध्य ८६.१४ प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका छन ।
सम्बन्ध विच्छेदका लागी पत्नीहरु मात्र अदालत पुग्ने गरेकोमा मुलुकी देवानी संहिता लागुभएपछि पतिहरु समेत सम्बन्ध विच्छेदकालागी अदालत पुग्न थालेपछि सम्बन्ध विच्छेदका मुद्धामा हृवात्तै बढेको हो ।
‘अदालतमा मुद्धा भनेकै सम्बन्ध विच्छेद जस्तो भएको छ । दुनियाँवादी र सरकारवादी देवानीका विभिन्न मुद्धाका प्रकृतिमध्य सम्बन्ध विच्छेद, अंशवण्डा र लेनदेन बाहेक मुद्धा संख्या शुन्य छ’ म्याग्दी अदालतका श्रेष्तेदार तथा सूचना अधिकारी भोलाराज रेग्मीले भने, ‘सम्बन्ध विच्छेद गर्नेहरु प्राय ः एक दिने (आज दिवेदन नियो, भोलीपल्ट मिलापत्र गरी सम्बन्ध विच्छेद गर्यो) प्रकृतिका मुद्धा ९० प्रतिशत बढी छन ।’ श्रेष्तेदार रेग्मीले थपे ‘सम्बन्ध विच्छेद गर्ने भन्ने कुरा अति सामान्यकृत बन्यो ।’
अदालतको अभिलेख अनुसार ०७५/०७६ भदौदेखी मुलुकी देवानी संहिता लागु हुनु अघिसम्म अधिकतम १ सय ७२ थान सम्बन्ध विच्छेदका मुद्धा दायर हुने गरेकोमा ५ बर्षमा यो संख्या दोब्बर बृद्धी भएको छ । आव ०७९/०८० तुलनामा सम्बन्ध विच्छेदका ३ सय ५२ थान मुद्धा दायर भएकोमा गत वर्ष भने मुद्धासंख्या घटेको छ ।
संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेदका फिराद लिएर अदालत आउने पति (पुरुष)ले मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्निले पतिको मञ्जुरी नलिई लगातार ३ बर्षदेखी अलग बसेमा, पत्निले पतिलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन राखेको ठहरेमा’ पत्नीको मञ्जुरी विना सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।
दर्ता भएका विच्छेदको फिरादमा केही पत्नीहरुले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरुको कुरा सुनेर वास्तविकता नवुझि आवेगमा सम्बन्ध विच्छेद मागेको’ प्रतिउत्तर लगाउने गरेको जिल्ला अदालतको मुद्धा दायरी शाखाकी डिठ्ठा अम्बिका शर्माले भनिन, ‘सम्बन्ध विच्छेद माग्दै प्रायः सवै ‘पतिहरु’ले आफुले विदेशबाट पठाएको सम्पत्ति श्रीमतिले हिनामिना पारेको, ३ बर्षदेखी घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ साझा अभियोग लगाएका छन ।’
त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी बर्षदेखी अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा’ सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।
तथ्याङ्ढले बर्षेनी सम्बन्ध विच्छेदका घट्ना बढी रहेको देखिएको छ । सम्बन्ध विच्छेद गराउनेमा १६–२७ बर्ष उमुर समुहका युवा/युवती बढी छन ।
‘अधिकांश सम्बन्ध विच्छेदमा विप्रेषणको प्रभाव परेको देखिन्छ । जैविक आवश्यकताको सही ब्यवस्थापन नहुँदा पनि सम्बन्ध विच्छेदको घट्ना बढेका छन’ श्रेष्तेदार रेग्मीले भने, ‘हरके बर्ष सम्बन्ध विच्छेद, विवाहबदर र नाताकायमका मुद्धा संख्या बढ्दै गएका छन ।’
बालविबाह, मेलाजात्रा तथा खुल्ला संस्कृति र रोजगारीकालागी अधिकाँश युवा पुरुषहरु विदेश हिँडेपछि बुहारी र परिवार विच अविश्वास बढ्दो छ । वैदेशिक रोजगारी र विप्रेषण रकम नै सम्बन्ध विच्छेदको मुख्य कारण भएपनि अधिकांश मुद्धामा सामान्य खानलाउन नदिएको, कुटपिट गरेको, वेवास्ता गरेको कारण देखाईएको हुन्छ । दसीप्रमाण आवश्यक भएकोले अदालतमा वादी वा प्रतिवादीले फिराद र प्रतिउत्तरमा चरित्र हत्या हुने शब्दावली प्रयोग हुँदैनन । अधिवक्ताहरुले पनि लेख्दैनन् ।