FLASH NEWS
- Loading...
कालीगण्डकीले धिरच्याङमा कुखुराकाे खाेर बगायाे
- पुनहिल डट कम
- ३ महिना अघि
- ३४९ पटक पढिएको
अन्नपुर्ण गाउँपालिका, २ कटुन्जेकाे भीरडिल गएराती भत्केर कालीगडकी नदीमाथी खसेपछि छालसहित पानीकाे बहाव परिवर्तन हुँदा साेही पालिका, ६ घार धिरच्याङ स्थित सात सय कुखुरासहित २ वटा फार्म बगाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजन रायमाझीका अनुसार नदीपारीबाट भीरपहरा फुटेर कालीगण्डकीमा खसेपछि नदीकाे भेल राेकिएर छालसहित नदीपारी खेतफाँटमा रहेकाे गुरूप्रसाद खत्रीकाे कुखुरा फार्ममा हुत्तिएकाे हाे । अहिले नदी अाफ्ने वाटाेमा बगेकाे र खतरामुक्त रहेकाे छ । पहिराे कालीगण्डकी नदीकाे बर्खे भेलमा बज्रदा निक्लेकाे छालले धान खेतसमेत केही कटान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस