FLASH NEWS
  • Loading...

चिमखाेलामा ट्याक्टर दुर्घट्नाहुँदा मजदुरकाे  मृत्यु

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १५१ पटक पढिएको
चिमखाेलामा ट्याक्टर दुर्घट्नाहुँदा मजदुरकाे  मृत्यु

रघुगंगा गाउँपालिका, ७ चिमखाेलाकाे गौँडामुनी स्थित टुण्डी कन्स्ट्रस्सन अन्तर्गत निर्माणाधीन रघुघाट मंगले हाईड्रो पावरकाे सुरूङ मार्गमा जाँदै गरेकाे ट्याक्टर दुर्घटनाहुँदा कार्यरत ट्याक्टर सहचालक तेजबहादुर पाण्डेकाे घट्ना स्थलमै मृत्यु भएकाे छ ।

अायाेजना निर्माणमा संलग्न रामेछाप शेर्पा कन्ट्रक्सन प्रा.लि.काे ग १ त ७२४१ न.को ट्याक्टर शनिवार साउन १७ गते साँझ गौडामुनीबाट सुरुङ मार्गको अडिट-२ मा जाने क्रममा कच्ची सडकबाट अन्दाजी ३० मिटर खस्दा पाण्डेकाे मृत्यु भएकाे हाे । सकुसल रहेका चालक बारा जिल्ला कलैयामाई गापा, ८ का ५२ को छोटेलाल भगतमाली  प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजन रायमाझिका अनुसार दुर्घटनामा परी मृतक पाण्डेकाे शव पाेष्टमार्टमकालागी बेनी अस्पताल ल्याइएकाे र पाेष्टमार्टमपछि शव रिवारका सदस्य वुझाइने छ ।