FLASH NEWS
  • Loading...

गलेश्वरधामका ज्येष्ठ नागरिकलाई भजनकिर्तन गर्न सभाहल

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १३८ पटक पढिएको
गलेश्वरधामका ज्येष्ठ नागरिकलाई भजनकिर्तन गर्न सभाहल

बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिककालागी भजनकिर्तन गर्ने भजन हल निर्माण गरिएको छ ।
गलेश्वर शिवालय क्षेक्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुत्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न, भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हलको शुक्रबार बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गरे । गलेश्वर सामुदायीक स्वास्थ्य इकाई भवनको छतमा फ्रेव्रिक प्रविधीबाट पर्खाल र छाना राखेर हल निर्माण गरिएको छ । हलमा एक सय ५० जना अट्न सक्छन ।


हल बनाउन गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाा गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाा लागतमा सभाहल निर्माण गरिएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताए ।
म्याग्दी प्रवासी संघ(मोना) कतारले पचासहजार रुपियाा बराबरको सभाहलमा आवश्यक पर्ने फर्निचर,कुर्ची,सफासेट र पोडियम सहयोग गरेको छ । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाहरुले आश्रय लिएका छन् ।