FLASH NEWS
  • Loading...

रत्नेचौरमा घाँस काट्न गएका ब्यक्ति भीरजरोमा मृत फेला

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १८५ पटक पढिएको
रत्नेचौरमा घाँस काट्न गएका ब्यक्ति भीरजरोमा मृत फेला

बेनी नगरपालिका, १ रत्नेचौरका उपल्लोचौरका ५५ बर्षिय भीमबहादुर थापा वस्तीदेखी कही पर पर्ने ठूलोरानी सामुदायीक वनको चिलाउनेभीर फेदीमा मृत फेला परेका छन ।
विहिवार विहान अन्दाजी ६ बजे घाँस काट्न चिलाउनेभीरमा गएका थापा अवेरसम्म नफर्केपछि घरपरिवारसमेत स्थानीयले खोज गर्दा भीरको फेदीमा मृत फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत रहेका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार घट्नास्थलको प्रकृति हेर्दा थापाको घाँस काट्नेक्रममा भीरबाट लडेर मृत्यु भएको अनुमान छ ।
प्रहरीले थापाको शव पोष्टमार्टमकालागी बेनी अस्पताल ल्याई अनुसन्धान भैरहेको छ ।