FLASH NEWS
  • Loading...

मानवअधिकार एलायन्सले मनायाे २५ अाैं स्थापना दिवस

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १०७ पटक पढिएको
मानवअधिकार एलायन्सले मनायाे २५ अाैं स्थापना दिवस

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स)काे २५ अाै स्थापना दिवस अहिले म्याग्दीमा पनि अन्तक्रिया गरि मनाएकाे छ।

कार्यक्रममा केन्द्रीय सदस्य दिलु विटालुले मानव अधिकार एलायन्सकाे स्थापना, उद्देश्य, काम तथा म्याग्दीमा एलायन्सकाे स्थापना र अहिलेकाे साँगठनिक अवस्था वारे कार्यपत्र पेश गरिन ।

त्यस्तै मानव अधिकार परिचय र म्याग्दीमा मानव अधिकार स्थिती वारे महिला मानव अधिकार संञ्जालकी रेखा रेग्मीले चर्चा गरिन । मानवअधिकार एलायन्स म्याग्दीकी अध्यक्ष कमला बानियाँ थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य हरीकृष्ण श्रेष्ठकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, एलायन्स केन्द्रीय सदस्य जीवन मल्ल लगाएतले शुभकामना दिए ।

नेकपा एमाले प्रति अास्था राख्ने व्यक्तिहरू अावद्ध रहेकाे गैह सरकारी सँस्था, युवा क्लव, अामा समूह समेतका संस्था अावद्ध छन ।