FLASH NEWS
  • Loading...

म्याग्दीमा डेंगुबाट एक जना बृद्धको मृत्यु, बढ्दै छ डेंगु सतर्कता अपनाअाैं

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २४५ पटक पढिएको
म्याग्दीमा डेंगुबाट एक जना बृद्धको मृत्यु, बढ्दै छ डेंगु सतर्कता अपनाअाैं

डेंगी संक्रमित एक जना बृद्धको मृत्यु भएको छ । बेनी नगरपालिका, ४ का मुख बोल्न नसक्ने ६४ बर्षिय डेंगु संक्रमित बृद्धको मंगलवार राती घरमै मृत्यु भएको हो ।
बेनी अस्पपतालमा गत असार १६ गते रगत परिक्षण गर्दा डेंगु तथा स्क्रवटाइफस संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएकोमा बृद्धको स्वास्थ्यमा कम्प्लिकेटिभ समस्या देखिएको र आईसियुमा राखेर मात्र उपचार गर्नु पर्ने देखिएपछि बेनी अस्पताले असार १७ गते पोखरा स्थित गण्डकी मेडिकल कलेजमा रिफर गरेको थियो ।
‘डेंगु संक्रमित बृद्धको मृत्यु भएको खवर सुनेको छु, सिस्टमा अपलोड छैन । ति बृद्धको डेंगुसहित रगत ड्यामेज भएको, प्लेटनेस धेरै घटेको र अन्य कम्प्लिकेटिभ समस्या देखिएको थियो । बेनी अस्पतालमा उपचार हुन नसक्ने भएपछि तुरुन्तै हामीले पोखरा रिफर गरेका हौं’ बेनी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. अञ्जु थापाले बताइन ।

पारिवारिक आर्थिक अवस्थाको कारण थप उपचारमा समस्या देखिएको र बृद्धको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि परिवारले अस्पतालबाट फर्काएर घर ल्याएका थिए । बेनी नगरपालिका, ४ का वडाध्यक्ष अणबहादुर खड्काले बृद्धको बेनी अस्पताले डुेङ्गी संक्रमित भनी पोखरा रिफर गरेको र पोखरा गण्डकी मेडिकल कलेजमा उपचार पछि घर फर्काईएका बृद्धको घरमा मृत्यु भएको पुष्टी गरे ।
त्यसैगरी बेनी अस्पतालका मेडिकल रेकर्डर अनिल सापकोटाका अनुसार चालु वर्षको पछिल्लो ६ महिनामा म्याग्दीमा ५ बर्ष मुनीका ४ जनासहित २३ जनामा डेंगी संक्रमण पुष्टी झएको छ । जेठदेखी डेंगी संक्रमण बढेको छ । जुन महिनामा ९ जनामा संत्रमण देखिएकोमा जुलाईको पहिलो हप्तामा मात्र ४ जनामा डेंगी पुष्टी भएको छ ।

‘बेनी अस्पतालमा भेन्टीलेटर सुविधा नभएकैले पोखरा रिफर गरिएको हो । अस्पतालबाट परिवारले डिस्चार्ज गरी ल्याएको भए रेकर्डमा नचढेको हुन सक्छ’ बेनी अस्पतालका मेडिकल रेकर्डर अनिल सापकोटाले भने, ‘अस्पताल भित्र डेंगीबाट मृत्यु भए २४ घन्टाभित्र सिस्टममा विवरण राख्नु पर्छ ।’