FLASH NEWS
  • Loading...

फ्रान्सकाे संसदीय निर्वाचनमा फ्रान्स कम्युनिष्ट पार्टीलाई १० सीट, देखिने गरी उदायाे

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १४० पटक पढिएको
फ्रान्सकाे संसदीय निर्वाचनमा फ्रान्स कम्युनिष्ट पार्टीलाई १० सीट, देखिने गरी उदायाे

 

फ्रान्सको संसदीय चुनावमा फ्रान्स कम्युनिष्ट पार्टी देखिने शक्तीकाे रूपमा उदाएकाे छ । फ्रान्सकाे ५ सय ७७ सिटको राष्ट्रिय सभामा फ्रान्स कम्युनिष्ट पार्टी समेत वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ । वामपन्थी दलहरू मिलेर ३ हप्ताअघि मात्र उक्त गठबन्धन बनाएका थिए । वामपन्थी, कम्युनिष्ट तथा वातावरणवादी दलहरूको साझा गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा धेरै सीटसहित विजयी भएसँगै कम्युनिष्टहरूको पनि शक्ति बढेको छ ।

न्यू योर्क टाइम्सका अनुसार फ्रान्सेली सदनमा कम्तीमा १० सीट कम्युनिष्ट हुने देखिएको छ । बीबीसीका अनुसार न्यू पपुलर फ्रन्टको सीट १८२ आएको छ । त्यसमा अन्य वामपन्थी दलहरूको सीट १३ पनि छ । फ्रान्सजस्तो देशमा कम्युनिष्ट दलहरुको निर्वाचनबाट पुनःउदाउन थालेका हुन ।

१५३ वर्ष पुरानो त्यो पेरिस कम्युन

कम्युनिष्ट पार्टीको घोषणापत्र सबैभन्दा पहिलोपटक सन १८४८ मा सार्वजनिक भएको थियो । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले उक्त घोषणापत्र लण्डनमा सार्वजनिक गरेका थिए । त्यसको दुई दशक पछि नै फ्रान्समा कम्युन बनाएका थिए कम्युनिष्टहरूले । नेपालका प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणभन्दा दुई वर्ष अगाडिको ऐतिहासिक घटना हो यो ।

कम्युनिष्ट पार्टीको घोषणापत्र सार्वजनिक भएपछि विश्वभर कम्युनिष्टहरू उत्पादन हुन थाले । कम्युनहरू बन्न थाले । रोजा लग्जमबर्ग फाउण्डेसनका अनुसार पेरिसमा कम्युन स्थापना गर्नमा फ्रान्सका राज्यसत्ता कब्जा गरेर दुई महिना अभ्यास भएको थियो ।

सन् १८७१ मार्च १८ देखि मे २८ सम्म यो सञ्चालन भएको थियो । पछि पुनः युद्धमा पराजित भएर यो बन्द भएको थियो ।

१०३ वर्ष पुरानो फ्रान्स कम्युनिष्ट पार्टी

सन १९२० मा स्थापना भएको हो फ्रान्स कम्युनिष्ट पार्टी । सन १९४६ को चुनावमा त यसले सबैभन्दा धेरै सीट ल्याएको दि फ्रान्स हिट्री पडकास्टले उल्लेख गरेको छ । सन १९५८ सम्मै यो दलका सबैभन्दा धेरै सदस्य भएको उक्त पडकास्टले उल्लेख गरेको छ ।

रोचक कुरा यो छ कि फ्रान्स कम्युनिष्ट पार्टीले छ दशकसम्म मात्रै मार्क्सवाद र लेनिनवाद प्रयोग गर्‍यो । सन् १९७९ मा भएको २३ औँ महाधिवेशनबाट फ्रान्स कम्युनिष्ट पार्टीले मार्क्सवाद र लेनिनवाद लेख्न छोडेर वैज्ञानिक समाजवाद लेख्न सुरू गरेको देखिन्छ । फ्रान्स कम्युनिष्ट पार्टी फ्रान्स तथा युरोपका वामपन्थी तथा समाजवादी दलहरुसँग मिलेर गठबन्धनमा विभिन्न मुद्धामा सहकार्य गर्दै आएको दल हो ।

फ्रान्स कम्युनिष्ट पार्टीका महासचिव फाबियन रसेल छन् । ५५ वर्षका महासचिव फाबियन सन २०१८ बाट पार्टीको नेतृत्वमा आएका हुन् । उनी त्योभन्दा एक वर्ष अगाडि भएको संसदीय चुनावबाट सांसद चुनिएका थिए । सन २०२२ मा भएको राष्ट्रपतीय चुनावमा उनी पहिलो चरणबाटै बाहिरिएका थिए । २।२८ प्रतिशत मत ल्याएका उनी आठौं स्थानमा आएका थिए ।