- Loading...
बेनी–जोमसोम सडकभरी ‘एम्बुस’ जस्ता पहिरा, अत्यावश्यक नपनी यात्रा नर्गनुस
- पुनहिल डट कम
- ५ महिना अघि
- ५८१ पटक पढिएको
हिउँदभरी विकास र समृद्धिको आधार भनिएका सडक बर्खा (मनसुन) सुरु भएपछि भने यात्रुको चैन उडाउने ‘एम्बुस’ बन्ने गरेका छन ।
संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारै किनार निर्मित बेनी–जोमसोम–कोरला सडकको बेनी–लेत खण्ड पहिरोले छिलोछिलो परेको छ । मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाका अनुसार बेनी–लेते ३८ किमी सडकमा साना ठूलागरी ३५ वटा पहिरा छन । यी मध्य बैसरी, गुईठेभीर–रुप्सेखोला क्षेत्र यात्रु र गाडीकालागी एम्बुस सरह अतिजोखिमपूर्ण छन ।
पहिरोले यातायाात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतिय, तेस्रो मुलुकका पर्यटक समेत सयौं यात्रु विच बाटोमा अलपत्र परेका छन । यातायात अवरुद्ध हुँदा भारतको हैदरावादबाट मुक्तिनाथ दर्शन गर्न आएका ४२ जना र इजरायलबाट मुस्ताङ भ्रमणमा आएका १४ जना पर्यटक ६ घन्टादेखी बेनी–जोमसोम सडकको गलेश्वर–बैसरी खण्डको जंगलमा अलपत्र परेको बताए ।
‘विच बाटोमा आएर पहिरोमा रोकिएका छौं । हिजोदेखी नै पहिरोले यातायात अवरुद्ध रहेछ, हामीले शहरमा यो जानकारी पाएको भए, हामीजस्ता पर्यटकले सास्ती खेप्नु पर्ने थिएन । यात्राबाट हतोत्साही हुनु पर्ने थिएन’ भारतको हैदरावाटबाट आएका पर्यटक रमेश खेतानले भने, ‘पहिरो ठूलो छैन तर निरन्तर ढुङ्गा खसिरहेको छ । नजिकै कतै पहिरो पन्छ्याउने डोजरहरु पनि देख्दैनौं । अघि जाने कि फर्कने दोधारमा छौं ।’
बेनी–जोमसोम सडकको बैसरी पहिरो, गुईठेभीर पहिरो र रुप्से छहराको पहिरोमा यात्रारत हजारौं यात्रुले दैनिक घन्टौ जाममा फस्ने र ‘भगवानसंग जीवन रक्षा’ माग्दै यात्रा गर्ने गरेका छन । सडक अति असुरक्षित बनेपछि जिल्ला प्रशासन कार्यालयले ‘अत्यावश्यक’ काममा बाहेक बेनी–जोमसोम सडकमा यात्रामा ननिस्कन र साँझ ६ बजेदेखी–विहान ६ बजेसम्म सडकमा यात्रा प्रतिवन्ध लगाएको छ ।
स्थानीय प्रशासनले आग्रह गरेको छ ।
‘बेनी–जोमसोम सडकमा पर्ने पहिरोहरुको जियोलोष्टिहरुबाट पहिरोको अध्ययन भैरहेको छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले भने, ‘अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुईठे र खामभित्ता पहिरोमा जमिनभित्र मुल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकोले अति कम्प्लेक्स देखिएकोले पहिरो भित्र पाईपहरु छिराएर होरिजेन्टल ड्रेन मार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना छ ।’
आयोजना प्रमुख झाले थपे, ‘जियोलोजिष्टहरु समेत २० जना विभिन्न विषयका विज्ञहरुले पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत कम्तीमा ९ वटा पहिरो उपचार विधी सुझाएका छन ।’
मनसुन सुरु भएपपछि बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन । पहिरोग्रस्त भीरमाथीबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन ।
अर्न्नपूर्ण र धौलागिरी हिमालको विचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेक्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यत्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहराबढी भएको यस क्षेत्रमा सडक खन्दा अतिबढी रक ब्लाष्टिङ भएको तर विष्फोटन पछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले बर्षेनी भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिएको हो ।