FLASH NEWS
  • Loading...

म्याग्दी पर्यटन सूचना केन्द्रसँगै अव कोसेली घर संञ्चालन

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २९५ पटक पढिएको
म्याग्दी पर्यटन सूचना केन्द्रसँगै अव कोसेली घर संञ्चालन

मुस्ताङ भ्रमणमा आउने पर्यटकलाइ लक्षित गरी म्याग्दी सदरमुकाम बेनीमा कोसेली घर संञ्चालनमा ल्याइएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिको संरक्षणमा बाहिरबाट म्याग्दीहुँदै मुस्ताङ जान आउने बाहृय तथा आन्तरिक पर्यटकलाई लक्षितगरी बेनीको कालीपुल बसपार्क स्थित पर्यटन सूचना केन्द्रको एक खण्डमा स्थानीय कृषी उत्पादन, हस्तकलाका उत्पादन र घरेलु मसलाजन्य उत्पादनको बजारीकरण गर्न कोसेली घर संञ्चालनमा ल्याईएको हो ।
कोसेली घरको सोमबार बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योति लामिछानेले एक साथ उद्घाटन गरेका हुन ।


कोसेली घरमा टिमुर, टिमुरबाट बनेका मसलाहरु, भाँगो, स्थानीय सीमी, च्याउ, गुन्द्रुक, समेतका अर्गानिक कृषी उत्पादन, अल्लोको धागोबाट बनेको टोपी, ह्याण्ड ब्याक समेतका कपडाहरु, तानधागोबाट बुनेका साडी, कुर्तासुरुवाल, बाँसबाट बुनेका मुडा समेतका सामाग्री राखिएको संञ्चालक दिलु घतानेले बताईन ।
जिल्ला भित्रिएका र बाहिरिने पर्यटकले बसपार्कमा रहेको कोसेली घरबाट म्याग्दीका स्थानीय उत्पादन ‘कोसेली’ को रुपमा खरिद गर्नुकोसाथै रहेको पर्यटन सूचना केन्द्रमा एक साथ अवलोकन गर्न पाउने छन ।
म्याग्दी पर्यटन सूचना केन्द्रमा जिल्लामा भित्रने र बाहिरिने पर्यटकलाई प्रमुख पर्यटकीय गन्तब्यहरु, त्यहाँ पुग्ने सडक/पैदलमार्ग, पाईने होटलवास समेतका सुविधाहरुको बारेमा जानकारी दिनुको साथै घर फर्कदा म्याग्दीको उत्पादन कोसेलीको रुपमा विक्रि भै जिल्लाको उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले पर्यटन सूचना केन्द्र र कोसेली घर संञ्चालनमा ल्याएको उद्योग वाणिज्य संघले जनाएको छ ।
‘पर्यटन सुचना केन्द्रमा आएका पर्यटक विच जिल्लाका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने तथा स्थानीय कृषकले उत्पादन गरेका कृषी उपज, हस्तकलाका सामाग्री र अचारसहितका सामाग्रीको विक्रिस्थल समेत हुनेगरी सुचना केन्द्र संञ्चालन गरेका हौं’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘सूचना केन्द्रले पर्यटकीय गन्तब्यको प्रर्वद्धन र पर्यटकहरुकालागी सही सूचना पाउन सहयोग पुर्‍याउने छ ।’