FLASH NEWS
  • Loading...

एसईई परिक्षा फल ः समग्रमा लिटलगार्डेन र सामुदायीक तर्फ प्रकाशमावि पहिलो, म्याग्दीका ६२.२६ प्रतिशत परीक्षार्थी ननग्रेड

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ६६१७ पटक पढिएको
एसईई परिक्षा फल ः समग्रमा लिटलगार्डेन र सामुदायीक तर्फ प्रकाशमावि पहिलो, म्याग्दीका ६२.२६ प्रतिशत परीक्षार्थी ननग्रेड

आज प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफलमा जिल्ला भरका विद्यालयहरुमध्य सदरमुकम बेनीको संस्थागत लिटलगार्डेन एकेडमीकी विदिक्षा सुवेदी जिल्ला प्रथम भएकी छिन । सुवेदीले ३.८६ जिपिए अङ्क प्राप्त गरिन ।
त्यसैगरी जिल्लाका सामुदायीक विद्यालयहरुमा भने सदरमुकाम बेनीकै प्रकाश माविका सुधन घिमिरे सामुदायीक तर्फ पहिलो र जिल्ला भरमा दाेस्राे बनेका छन । घिमिरेले ३.८३ जिपिए अङ्क ल्याएका छन । त्यस्तै प्रकाश माविकी सुजना श्रेष्ठले ३.७९ जिपिए अङ्क ल्याएर छात्रा तर्फ जिल्ला पहिलो बनेकी छिन ।

परिक्षाफलमा जिल्ला प्रथम र दाेस्राे भएकाे दावी तत् विद्यालयहरूले गरेका हुन । जिल्लाका परिक्षा हेर्ने शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरूले स्वतन्त्र निकायले पुष्टी गरिसकेका छैनन ।

त्यसैगरी एसइई परिक्षा २०८० मा म्याग्दीबाट सहभागी कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड र ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बेनीअनलाइनलाई दिएको जानकारी नन–ग्रेडेड परीक्षार्थीमध्ये दुई वटासम्म विषय लागेर पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत रहेका छन् भने अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशत रहेको छ ।

प्रारम्भीक नतिजाका अनुसार गणित,विज्ञान र अङ्ग्रेजीमा नतिजा कमजोर रहेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ परीक्षामा ३५ प्रतिशत नल्याउनेलाई एनजीमा परेका छन् । म्याग्दीबाट १८ सय ४० जना विद्यार्थी सहभागि थिए ।