FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ११८ पटक पढिएको
रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

सोमबार सम्पन्न भएको गाउँसभामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । बजेटमा चालुतर्फ ३६ करोड ९४ लाख ३७ हजार रुपैयाँ र पुँजीगततर्फ एघार करोड ५६ लाख ५८ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान ७ करोड ८२ लाख रुपैयाँ , राजश्व बाँडफाँडबाट ९ करोड २२ लाख, सशर्त अनुदान २१ करोड ६८ लाख, विशेष अनुदान१ करोड २५ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ९४ लाख ५७ हजार, राजश्व बाँडफाँडबाट १ करोड १४ लाख ३८ हजार, समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख बजेटलाई समावेश गरिएको छ ।