FLASH NEWS
  • Loading...

बजेट सभा सुरु हुन केही घन्टा अघि मालिकाका प्रशासकीय अधिकृतको सरुवा

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ११९ पटक पढिएको
बजेट सभा सुरु हुन केही घन्टा अघि मालिकाका प्रशासकीय अधिकृतको सरुवा

संघिय सरकारले यहाँका एक प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाको बजेट सार्वजनिक हुनु केही घन्टा अघि सरुवा गरिदिएको छ ।

मालिका गाउँपालिकाको असार ७ गते दिउँसो ११ बजे आव ०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक हुन केही घन्टा अघि मात्र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीको सरुवा पत्र पठाएको थियो । कार्कीलाई मन्क्रालयकै अतिरित्त समुहमा सरुवा गरिएको छ । अर्को प्रशासकीय अधिकृत तोकिएको छैन ।

अनपेच्क्षित सरुवा भएपछि प्रशासकीय अधिकृत कार्कीले ‘नैतिक रुपमा वस्न नमिल्ने’ भन्दै गाउँपालिकाको गाउँसभाको अधिवेशनमा सहभागी भएनन । पालिकाले प्रशासकीय अधिकृतको एक्कासी सरुवा भएपछि शिक्षा अधिकृत अशोक रिजाललाई गाउँ सभाको अधिवेशनको सचिव तोकेर बजेट, नीति तथा कार्यक्रम पेस गरेको थियो ।

‘अहिले गाउँपालिका भाडाको घरमा बसेको छ । पालिकाको आफ्नै भवन बनाउन जग्गा प्राप्ती गर्नु पर्ने छ । पालिकाको भवन बनाउने जग्गा दुई विधीबाट आउने रहेछ, जग्गा प्राप्ती र जग्गा खरिद । दरवाङमा उपयुक्त स्थानमा प्रशासकीय भवन बनाउने जग्गा निःशुल्क पाईने अवस्था छैन । खरिद गर्नु पर्‍यो, बजेट विनियोजन गर्ने र प्रकृया अघि बनाउने कुरामा प्रशासकीय अधिकृत नेगेटिभ प्रस्तुती भएपछि असहज भएको हो’ मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भने, ‘असजिलो काम गर्नु पर्ने भए म जान्छु भनी हात जोड्नु भयो, हामीले हुन्छ भन्यौं, मन्त्रालयमा कुरा गरिदियौं ।’

अध्यक्ष गर्वुजाले थपे, ‘शिक्षा शाखा प्रमुख अशोक रिजाललाई निमित्त बनाउन कार्यपालिका बैठकले निर्णय गरेको छ, मन्त्रालयमा पत्र पुर्‍याउने प्रकृयामा छौं ।’

स्राेतले प्रशासकीय अधिकृत कार्कीकाे सरूवामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल समेतकाे एक टाेलीका धार्मिक पर्यटकीय गन्तब्य मालिकाधुरी यात्रा प्रसंग पनी जाेडिएकाे दावी गरेकाे छ ।