- Loading...
‘कालिका पानी’लाई कारवाही, २ लाख जरिवाना
- पुनहिल डट कम
- ५ महिना अघि
- २३६ पटक पढिएको
म्याग्दीमा समेत विक्रिवितरणा हुँदै अाएकाे ‘कालीका मिनरल वाटर’ पानीको उत्पादक ‘महालक्ष्मी मिनिरल्स् एण्ड बेभरेज उद्योग’लाई जिल्ला प्रशासन कार्यालय बाग्लुङले कारवाही गरेको छ ।
बाग्लुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालकाे हवला दिएर ढाेरपाटन अनलाइन खवरमा साेमबार प्रकाशित समाचार अनुसार एउटै उत्पादनलाई दुइथरी मूल्य राखेर उपभोक्तालाई ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २ को (क) अनुसार २ लाख रुपैयाँ जरिवाना गरेको हो । म्याग्दी र बाग्लुङकाे सीमाक्षेत्र रत्नेचाैरपारी ढाेडेनीखाेलामा प्लान्ट राखेर बेभरेजले कालीका पानी उत्पादन गर्दै अाएकाे छ ।
गत साता उपभोक्ताले एउटै पानीको २० रुपैयाँ र ५० रुपैयाँ मूल्य राखेको भेटेपछि प्रशासनमा उजुरी गरेका थिए । बानपा ११ का लक्ष्मण केसीले दिएको उजुरीपछि प्रशासनले छानविन गर्दा उक्त दुइथरी मूल्य भेटिएको थियो । बजारमा बेच्दा २० रुपैयाँ राखिएको र बागलुङ नगरपालिका वडा नं. ३ को ‘दि राजन होटल’मा राखिएको पानीमा ५० रुपैयाँ मूल्य राखिएको थियो । केसीले होटलबाट पानी किन्दा ५० रुपैयाँ तिरेको बील समेत भेटेपछि प्रशासनले छानविन गरिरहेको थियो ।
बुधबार प्रशासनले उद्योगलाई कारवाही गरी २ लाख रुपैयाँ जरिवाना गरिएको पत्र पठाएको हो । उद्योगले होटललाई प्रतिबोतल १३ रुपैयाँमा बिक्री गरेको र होटलले आफ्नो लोगो प्रयोग गरेर ५० रुपैयाँमा बिक्री गरेको भेटिएको हो ।
त्यस्तै मोदी पानी उद्योगले पनि उपभोक्ता ठगेको भेटेपछि प्रशासनले कारवाही प्रक्रिया थालेको छ । उक्त उद्योगले पनि बागलुङका विभिन्न होटलमा मूल्य नै नराखी पठाएको भेटिएको हो । दुइथरी मूल्य कामय गर्ने, मूल्य नराखी अन्यौल बनाउने अवस्थामा पनि उपभोक्ता हित संरक्षण ऐन आकर्षित हुने उनले जानकारी दिए ।