FLASH NEWS
  • Loading...

प्रकाश माविका हमाल प्रदेशकै उत्कृष्ट प्रअ

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १९९ पटक पढिएको
प्रकाश माविका हमाल प्रदेशकै उत्कृष्ट प्रअ

सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान)ले म्याग्दीका लेखबहादुर हमाल गण्डकी प्रदेशको उत्कृष्ट प्रधानाध्याप सम्मान प्रदान गरेको छ ।

देशभरका प्रअको साझा संस्था पानको शनिबार काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा म्याग्दीको बेनी नगरपालिका–७,बेनीबजारमा अवस्थित प्रकाश माविका प्रअ हमाललाइ उत्कृष्ट प्रधानाध्यापक घेषणा गरेके हो ।

नेतृत्व दक्षता, असल अभ्यास, विद्यालय वातावरण, गुणस्तरीय विकास तथा सुधार,समुदाय सहयोग परिचालन, सुशासन र सुचना प्रविधि दक्षता गरी ७ आधारमा प्रअ हमाललाई अन्य प्रतिस्पर्धीको तुलनामा उत्कृष्ट रहेको प्रधानाध्यापक संघ नेपाल (पान)ले जनाएको छ ।

म्याग्दी जिल्लाकै पूरानो मध्यके प्रकाश माविले पछिल्लो समय एसइईमा लगातार उत्कृष्ट नतिजासँगै अतिरिक्त क्रियाकलाप सहितका गतिविधिमा समेत आफुँलाई अब्बल सावित गरिरहेको छ ।