FLASH NEWS
  • Loading...

एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तम गुरुङ

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ४०१ पटक पढिएको
एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तम गुरुङ

नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तमबहादुर गुरुङ निर्वाचित भएका छन।

शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको नेकपा एमालेले सामाजिक संञ्जाल फेसवुक म्यासेन्जरबाट जानकारी गराएकाे हो । मञ्चकाे उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषध्यक्षमा खडक थापा चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा हिराबहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री र हुपेन पुन चयन भएका एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।  एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समिति मञ्च इन्चार्ज कल्पना थापा, केन्द्रिय सदस्य तथा पूर्व मन्त्री नरदेवि पुन,  गण्डकी प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ, म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सम्पर्क मञ्च र जिल्ला पार्टीको सम्बन्ध र मिसन ८४ काे चर्चा गरे ।