FLASH NEWS
  • Loading...

राखु पिप्लेका कृषकलाइ हाते ट्याक्टर वितरण

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २७० पटक पढिएको
राखु पिप्लेका कृषकलाइ हाते ट्याक्टर वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका, ३ पिप्लेले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषीमा लागत घटाउने, उत्पादन बढाउन ३८ जना कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष खिमबहादुर शाहीले बताए  । वडाध्यक्षा शाहीका अनुसार  प्रत्यक एउटालाइ ४० हजार मुल्य पर्ने हाते ट्याक्टर माग गरेका कृषक र कृषक समूहलाई  ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको हाे ।

वडाकाे कृषि प्रर्वद्र्धन कार्यक्रम अन्तर्गत रु ८ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएकाे छ ।