- Loading...
बहुमुल्य जडिवुटी यार्सागुम्बाकाे उत्पादन बर्षेनी घट्दै, संरक्षणमा छैन कसैकाे चासाे
- पुनहिल डट कम
- ५ महिना अघि
- ३१० पटक पढिएको
जिल्लाका विभिन्न हिमाली पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको उत्पादन लगातार घट्दै गएको छ । यार्सागुम्बा संकलकहरुका अनुसार पछिल्लो ७–८ बर्षमा यार्सागुम्मा उत्पादन ठूलो हृास आएको छ । वहुमुल्य जडिवुटी यार्सागुम्माकाे अब्यवस्थित संकलन र दाेहनले उत्पादनमा घट्दै गएकाे भएपनी यसकाे सरक्षणमा कसैले चासाे देखाएका छैनन ।
रघुगंगा गाउँपालिका, ७ चिमखोलाका कृष्ण पाईजाले पछिल्लो सात वर्षदेखी धौलागिरी फेदीको कालीवराह वुक्या न पुगेर यार्सागुम्मा संकलन गर्दै आएका छन । यतिवेला पाईजा कालीवराह पुछारमा अवस्थित चिमखोले ओढारमा बसेर यार्सागुम्बा संकलन गरिरहेका छन ।
‘म सात बर्षदेखी लगातार कालीवराह क्षेत्रमा यार्सा संकलन गर्न आएको छु । सुरु वर्षमा दैनिक २ सय वटासम्म यार्सा भेटिन्थ्यो, अहिले दैनिक १५–२० वटा मात्र भेटिन्छ । अझ अघि धेरै भेटिन्थ्यो रे’ कालीवराह खर्कमा यार्सा खोज्दै आएका कृष्ण पाईजाले भने, ‘अहिले यार्सा नासियो, उत्पादन नै छैन । हामीले टिपेर विउ नासियो कि कुन्नी ?’
यार्सागुम्बा संकलन पाईजाले थपे, ‘अहिले यार्सागुम्बाको उत्पादन मात्र हैन मुल्य पनि घटेको छ । यार्सा विक्रि पुर्जी लिएर ब्यापारी आउनु पर्ने हा, आएका छैनन । संकलित यार्सा पनि विक्रि गर्न मुस्किल हुन्छ ।’ प्रतिकुल वातावरणले लार्भा फैलन नपाएपछि यार्चागुम्बाका संकलन घटेको उनीहरुको आंकलन छ ।
धौलागिरी आईसफलदेखी कालीवराह क्षेत्रसम्मका हिमाली वुक्यानमा चिमखोला गाउँका कम्तीमा ६० जनाले यार्सा खोज्दै छन । उत्तिकै संख्यामा धौलागिरी फेदीकै रिखार बुक्यान पुगेका छन । तर यार्सागुम्बा उत्पादन बर्षेनी घटेकोले अपेक्षित यार्सागुम्मा संकलन हुन नसकेको गुनासो छ । म्याग्दीका धवलागिरी गाउँपालिकाका गुर्जा र चुरेन हिमालमुनीका वुक्यान, रघुगंगा गाउँपालिका, ७ चिमखोलाको धौलागिरी आईसफल र कालीवराह खर्क र कुईनेमंगलको रिखार क्षेत्रमा यार्सागुम्बा संकलन गरिन्छ । ति क्षेत्रमा बाहिरबाट भन्दा स्थानीयले नै यार्सा संकलन गर्दै आएका छन ।
‘पहिला–पहिला यार्सागुम्बाको संकलन राम्रो थियो, ब्यापारमा पनि उछाल थियो । सरकारी राजश्व वाहेक स्थानीय वडा कार्यालय र युवा क्लवहरुले पनि छुट्टै शुल्क असुल्थे । अहिले जो जस्ले जहाँ पुगेर यार्सा संकलन गर्दा पनि हुन्छ’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाईजाले भने, ‘सुरु–सुरुमा जस्तो ब्यापाारी पैसाको झोला बोकेर हेलिकोप्पटरमा यार्सा संकलन गर्ने बुक्यान पुग्थे, अहिले गाउँलेले संकलन गरेको यार्सागुम्बा विक्रि गर्न स्थानीय सरकारले ब्यापारी खोजीदिनु पर्ने अवस्था आएको छ ।’
जिल्लाका विभिन्न हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बुको परिणाम घट्दा राजस्व संकलनसमेत प्रभावित भएको छ । यार्सा उत्पादन र विक्रि दुवै घटेपछि स्थानीय वडा कार्यालय र युवा क्लवले यार्सागुम्बु संकलक तथा ब्यापारीबाट उठाउने शुल्क पुरै छुट गरेका छन । डिभिजन वन कार्यालयमा पनि यार्सागुम्बा संकलन पुर्जी र संकलकबाट खरिद गरेको यार्सागुम्बा बाहिर लैजान छोडपुर्जी (घाटगद्दी) लिने ब्यापारी नै आएका छैनन ।
डिभिजन वन कार्यालयको राजश्व संकलन अभिलेख अनुसार पनि यार्सागुम्बाको उत्पादन घटेको छ । आव ०६८–०७० सम्म जिल्लाका विभिन्न हिमाली क्षेत्रबाट ७–१० केजीसम्म यार्साको राजश्व संकलन हुने गरेकोमा आव ०७७–०७८ यता बार्षिक आधा केजी मात्र यार्साको राजश्व जम्मा हुने गरेको छ । आलु आवमा अहिलेसम्म कसैले पनि यार्सागुम्बा संकलन तथा छोडपुर्जी लिन आएको छ ।
‘यार्साको पहिला जस्तो उत्पादन, संकलन र ब्यापार छैन । वनमा धेरै संकलन भएत ब्यापारी संकलन र छोडपुर्जी लिन आउनु पर्ने, आएका छैनन’ डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख वन अधिकृत विष्णु अधिकारीले भने, ‘गत वर्ष आधा केजीको १५ हजार राजश्व संकलन भएको छ । यो वर्ष अझै कोही आएको छैन, असारसम्म कोही आउँछन कि ?’
म्याग्दीमा मात्र होईन हिमालपारीको जिल्ला मुस्ताङ्गमा पनि यार्सा उत्पादन घटेको संकलकहरुले बताएका छन । मुस्ताङमा पर्ने मानापाथी हिमाल फेदीका मुली, वतासे, ह्याङलिङ, सोलीघोप्टे, सरेलेक, निलगिरी साउथ हिमालको दक्षिण फेदीमा पर्ने मार्चे, छक्रवाङ, नामुलेक, मुत्तिनाथको नेरझोङ, रिसम्बा, साङताको लेक, कागवेनीको पाङगालेक समेत ३२ वटा चरन क्षेत्रमा यार्चागुम्बु खोज्न मान्छे पुग्ने गरेका छन । मुस्ताङका चरन क्षेत्रमा स्थानीयभन्दा बाहिर जिल्लाबाट यार्सागुम्बा संकलकहरु पुग्ने गरेका छन ।