FLASH NEWS
  • Loading...

म्याग्दीका ४ हजार ३ सय ६२ जना बालबालिकालाई ‘आइपीभी’ खोप लगाइदै

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १७६ पटक पढिएको
म्याग्दीका ४ हजार ३ सय ६२ जना बालबालिकालाई ‘आइपीभी’ खोप लगाइदै

म्याग्दीका ४ हजार ३ सय ६२ जना बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने भएको छ ।

यही जेठ १३ गतेदेखि १९ गतेसम्म हुने खाेप अभियानमा २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिकाकालागी पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाउने अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुबेदी अनुसार अभियान सम्पन्न गर्न जिल्लाका बेनी नगरपालिका र पाँच गाउँपालिकाका १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरिने छ ।

एक मात्रा खोपले पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने आई पी भी खोप अभाव रहेकाे समय २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्मिएका र खाेपबाट छुटेका बालबालिकालाई खोप लगाउन लागिएकाे हाे । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए ।