FLASH NEWS
  • Loading...

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २४० पटक पढिएको
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

यो  फुल नेपालमा मात्र पाईने रैथाने जातको ‘फुच्चे गुराँश’ हो । अँग्रेजी नाम ‘रोडेडेन्ड्रन कोबानियनम’ भनिने यस गुराँसलाई फुच्चे गुराँश भन्ने गरिएको छ । फुच्चे गुराँसको रङ्ग भने गुलावी हुन्छ ।
हिमाली अल्पाईन क्षेत्रमुनीको पाईने यो फुल नेपालबाहेक अन्य स्थानमा रेकर्ड भएका छैनन । गत वर्ष मैले यो फुल कालीगण्डकी नदीको पूर्वी भेगमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ गाउँको सिरानमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने हुमखोला (२८८३ मि.देखी भुस्केटमेला (३५५३ मि.)सम्मको भुगोलमा भेटेको थिएँ ।


यसपटक कालीगण्डकी नदीको पश्चिम भेगमा पर्ने म्याग्दीकै रघुगंगा गाउँपालिका, ७ चिमखोला गाउँको शिरानमा पर्ने धौलागिरी आईसफल पदमार्गको चेप्टेओढार, दोविल्ला, कछुवाओडार, धौलागिरी भ्यूहिल क्षेत्रमा प्रशस्त मात्रामा यो फुच्चे गुराँश फुलेको भेटें । यस अघिसम्म धवलागिरी हिमाल क्षेत्रमा यो गुराँसकाे तस्वीर भने कसैले लिएको भेटिएको छैन ।


मिस्त्रीखोला जलविधुत आयोजनाको वातावरणीय प्रभाव अध्ययन गर्न सन् २०१९ मा वनस्पतिविदका रुपमा आएका कमल मादेनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ मा मिस्त्रीखोलाको माथिल्लो भागमा पर्ने हुमखोला क्षेत्रमा यो गुराँशको फेला पारेका थिए । मादेनले त्यसवेला यो गुराँशको पात मात्र खिचेका थिए । झाडीदार वनस्पतिमा पर्ने फुच्चे गुराँस वैशाख–जेठ (अप्रिल–जुन)महिनामा फुल्ने गर्छ । वनस्पतिविद मादेनका अनुसार यो गुराँसको फुल फक्रेपछि पातसँगै निस्किन्छ ।


संसारभर गुराँसका करीव एक हजार ५० प्रजाती छन । नेपालमा पाईने ३३ प्रजातिका गुराँश मध्य दुई प्रजाती नेपालमा बाहेक अन्यत्र छैन । वनस्पति विज्ञ कमल मादेनको ‘गुराँश उद्विकासको यात्रा’ लेखमा उल्लेख भए अनुसार रेडोडेन्ड्रन कोवानियनम र रेडोडेन्ड्रन ल्वान्डेसी नेपालमा मात्र पाईने फुच्चे गुराँश हुन ।
सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपाल अध्ययन गर्न आएको वेला यो प्रजातिको गुराँश लाङटाङबाट संकलन गरेका थिए । अध्ययनको क्रममा संसारकालागी गुराँशको नयाँ प्रजाति रेकर्डगरी यसको नाम रोडोडेन्ड्रोन कोबानियनम राखेका थिए । उक्त नाम स्कटिस वनस्पतिविद जोन म्याकक्नि कोवानको सम्मानमा राखिएको थियो ।


गुराँशको उत्पति भने ६ करोड ५० लाख वर्ष अघि अमेरिकाको अलास्कामा भएको मानिन्छ । गुराँश दक्षिणपूर्वी एशिया हुँदै नेपाल आएको वनस्पतिविद् मादेनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन । गुराँस चौडापाते र सदावहार वनस्पतिका हो । झाडीदेखी मझौला रुखसम्म हुने गुराँस प्रजातिका फुलहरु रातो, सेतो, गुलावी, नीलो, बैजनी, सुन्तला लगाएतका रङ्गका हुन्छन ।