नेकपा एमाले म्याग्दीले कार्यकालका मध्यान्तर पुगेपछि निर्वाचित जनप्रतिनिधीहरूलाइ पढाउन थालेकाे छ ।
शुक्रवार बेनीमा एमालेबाट निर्वाचित नगर/गाउँपालिकाका मेयर, अध्यक्ष, उपाध्यक्ष, संयाेजक, उपसंयाेजक तथा वडाध्यक्षहरूलाइ जनप्रतिनिधीहरूको प्रशिक्षण ( रिपोर्टींग, पृष्ठपोषण तथा अन्तर्कृया ) सुरू गरेकाे छ ।
एमाले अध्यक्ष वालकृष्ण सुवेदीका अनुसार प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीको अध्यक्षहरू सहित जिसस प्रमूख / उपप्रमूख , सदस्यहररू, नगर/गाउँपालिका प्रमूख / उपप्रमूख, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूलाइ बजेट निर्माण, याेजना छनाैट, कार्यक्रम निर्माणा पालिका तथा वडाकाे ५ बर्षे रणनितिक योजना लक्ष्य ( बनेको भए तैयारी नभए तपाईंकौ आफ्नो सपना / योजना ), संसदिय संयन्त्र/ सभादलको बैठक, घोषणा / प्रतिबद्धतासंग बजेट को तादम्यता, असल अभ्यासको श्रृजनात्मक अनुभव तथा पार्टि र जनप्रतिनिधीकाे सम्बन्ध तथा अनुभव बारेमा प्रशिक्षण, कार्यपत्र रिपाेर्ट हुने छ ।