FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसलाइ लायन्स क्लवद्वारा विज्ञान प्रयोगशाला हस्तान्त्रण

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २१९ पटक पढिएको
म्याग्दी क्याम्पसलाइ लायन्स क्लवद्वारा विज्ञान प्रयोगशाला हस्तान्त्रण

लायन्स क्लव अर्न्तराष्ट्रिय फाउण्डेसनको मेसिन ग्राण्ड तथा स्थानीय लायन्स क्लवहरुले म्याग्दी बहुमुखी क्याम्पसमा ५ कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिदिएका छन ।


लायन्स क्लव डिष्ट्रिक्ट ३२५ आइ नेपालको संयोजनमा लायन्स क्लव अर्न्तराष्ट्रिय फाउण्डेसनको १ करोड २० लाख र म्याग्दीमा रहेका स्थानीय लायन्स क्लवहरुको ४० लाख ६५ हजारगरी एक करोड ६५ लाख नगद लगानीमा म्याग्दी क्याम्पसमा विएड साईन्समा अध्ययनरत विद्यार्थीको सुविधाकालागी ५ कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण भएको हो ।

विज्ञान ल्याव तथा भवनको सोमबार लायन्स क्वल इन्टरनेशनल डाईरेक्टर बालकृष्ण वुर्लाकोटीले एक समारोह विच उद्घाटन गर्नुको साथै क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष सोमनाथ ढुङ्गानालाई चापी हस्तान्त्रण गरे ।

लायन डिस्ट्रिक गर्भनर चन्द् केसी र लायन्स क्लवका प्रोजेक्ट चयरपर्सन सन्तोष रावलले म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला स्थापना गर्न भुमिका खेलेका हुन । लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ को सहयोगमा यस अघि मालिका गाउँपालिका, ७ विममा किसानी माध्यामिक विद्यालय र बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माध्यामिक विद्यालयमा भवन निर्माण गरिदिएको थियो ।


क्याम्पस प्रमुख गोरखबहादुर जिसीका अनुसार लायन्सद्धारा निर्मित विज्ञान प्रयोगशाला भवनमा फिजिक्स, केमेष्ट्रि र बायोलोजिका छुट्टाछुट्टै ल्याव, एउटा कार्यालय कक्ष र अर्को अध्यापन कक्षा कोठा रहेका छन । ल्याव प्रयोगशाला स्थापना भएसँगै क्याम्पसले विएड साईन्स कक्षा निरन्तराताकालागी स्रोक कक्षाको रुपमा ११ र १२ तर्फ प्राविधिकधारका कक्षा संञ्चालन गरी विज्ञान विषय पनि अध्यापन गराउने भएको छ ।