FLASH NEWS
  • Loading...

म्याग्दी बन्याे गण्डकीमा पहिलाे पूर्ण खोप सुनिश्चित तथा दिगोपाना जिल्ला

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २२४ पटक पढिएको
म्याग्दी बन्याे गण्डकीमा पहिलाे पूर्ण खोप सुनिश्चित तथा दिगोपाना जिल्ला

गण्डकी प्रदेशमा  चालु अार्थिक वर्षमा म्याग्दीलाई १६ महिनादेखी ५ बर्षमुनीका बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।


खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलनगरी शिशु, वाल, मातृ तथा अन्य ब्यक्तिको मृत्युदर घटाउन तथा खोप सेवाको विस्तार र सुदृढीकरणगरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै गण्डकी प्रदेश सरकारकी श्वास्थ्यमन्त्री सीता सुन्दासले एक समारोह विच म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन ।

जिल्ला श्वास्थ्य कार्यालयका अनुसार सवै ६ वटा स्नाथीय तहका ४५ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखी १५ महिना मुनीका १ हजार ५ सय ६७ जना वालबालिका र छुट्टै १६ महिना देखी ५ बर्ष मुनीका सवै ४ हजर ८ सय ६९ जना बालबालिकाले पाउनु पर्ने सवै पूर्ण खोप पाएको सुनिश्चित भएपछि चालु आवमा गण्डकी प्रदेशमा म्याग्दीलाई पहिलो पूर्ण खोप सुश्चिता जिल्ला घोषणा गरिएको हो ।

म्याग्दीलाई ०७१ चैत १५ गते नेपालकै छैठौं पूर्णखोप सुनिश्चित जिल्ला घोषणा देखी बर्षेनी पूर्णखोप सुनिश्चिता र दिगोपाना जिल्ला घोषणा हुँदै आएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार चालु आवमा म्याग्दीका रघुगंगा गाउँपालिकाका सवै ५ सय ९२ जना, धवलागिरी गापाका ६ सय ४१ जना, मंगला गापाका ८ सय २१ जना, बेनी नगरपालिकाका १ हजार २ सय ६४ जना, मालिका गापाका १ हजार ८० जना र अन्नपूर्ण गापाका ४ सय ७१ जना वालवालिकाले पूर्ण खोप प्राप्त गरेका छन ।

१६ महिनादेखी १६ बर्षमुनीका बालबालिकाले विसिजी, रोटा, पोलियो, एफआईपिभी, पिसिभी, डिपिटी, हेप–बी, दादुरा–रुवेला र जाफननिज इन्सेलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिका भित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।


जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व श्वास्थ्य संगठनको प्राब्धान अनुसार पनि बर्षेनी पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।


स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अिधकार भित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।