FLASH NEWS
  • Loading...

वस्तीमा अपाङ्गता श्वास्थ्य परिक्षण गर्दै धवलागिरी गाउँपालिका

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १०३ पटक पढिएको
वस्तीमा अपाङ्गता श्वास्थ्य परिक्षण गर्दै धवलागिरी गाउँपालिका

धवलागिरी गाउँपालिकाले चिकित्सकसहितको टोली लिएर वस्तीवस्तीमा अपाङ्गता पहिचान, परिचय पत्र वितरण तथा सहायता सामाग्री हस्तान्त्रण शिविर सुरु गरेको छ ।
दुर्गम गाउँवस्तीमा पहिचान तथा बर्गिकरण सहितको परिचय पत्र नहुँदा अपाङ्गता भएका ब्यक्तिले राज्यबाट प्राप्त गर्ने अपाङ्गता भत्ताबाट वन्चित भएको जनगुनासो आएपछि गाउँपालिकाले डाक्टरसहितको टोली गाउँमा पुगेर अपाङ्गता पहिचानसहित परिचय पत्र दिन थालेको हो ।
धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीका अनुसार गाउँपालिका वडा न ६ मराङ्मा सोमबार संञ्चालन गरिएको शिविरमा क वर्गका २ जना, ख वर्गका ३ जना, ग वर्गका ४ जना र घ वर्गका १ जना गरी १० जनाले पहिचान (वर्गिकरण)सहितको अपाङ्गता परिचय पत्र पाएका छन । मराङमा शिविर भएपनी पाएक पर्ने छिमेकी मुदी र मल्कवाङबाट समेत केही अपाङ्गता भएका ब्यक्ति आएका थिए ।
अधिकृत सुवेदीका अनुसार शिविरमा अपाङगताको प्रकृति खुलेका अपाङ्गता झएका ब्यक्ति, असत्त अवस्थामा रहेका जेष्ठ नागरिकहरुलाई आवश्यकता अनुसार एल स्टीक १४ थान, हृवाईट केन २ थान, कम्बोर्ट चियर १ थानर वैशाखी १ थान वितरण गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रेशम पुनको नेतृत्वमा शिविरमा डा. रोशन आचार्य, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव तथा स्थानीय श्वास्थ्यकर्मीको टोलीले अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान र बर्गिकरण गरेपछि पालिकाले स्थलगत रुपमै अपाङ्गता परिचय पत्र जारी गरेको थियो । क्रमशः अन्य वडामा पनी पुगेर अपाङ्गता पहिचान, परिचयपत्र वितरण तथा सहायता सामाग्री वितरण गर्ने कार्यक्रम रहेकाे अधिकृत सुवेदीले जनाए ।