FLASH NEWS
  • Loading...

सलिना जिल्ला प्रथम, सामुदायीक तर्फ निशान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७५ पटक पढिएको
सलिना जिल्ला प्रथम, सामुदायीक तर्फ निशान

म्याग्दी, १३ असार ।

२०७५ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) विहिवार सार्वजनिक परिणाम अनुसार बेनी स्थित माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयकी सलिना राम्जाली मगरले ३.८० जिपिए प्राप्त गरिन । सामुदायीक विद्यालयहरु मध्य बेनी नगरापालिका, १० स्थित राष्ट्रिय मावि नेप्नेचौरका निशान चोखालले ३.७० जिपिए अङ्ढ ल्याए । राम्जाली जिल्लाभर र चोलाख सामुदायीक विद्यालयमा जिल्ला पहिलो भएको ति विद्यालयले दावी गरेका छन ।

शिक्षा विकास तथा समवन्य इकाईका अनुसार विहिवार सार्वजनिक एसईई परिक्षाफलमा ३.६ देखी ४ जिपिए ल्याउने ३४ जना, ३.२५ देखी ३.६ ल्याउने १ सय ७५ जना, २.८ देखी ३.२ जिपिए ल्याउने ३ सय ५३ जना, २.४५ देखी २.८ ल्याउने ६ सय ६५ जना, २.५देखी २.४ ल्याउने ६ सय ६० जना, १.६५ देखी २ ल्याउने ३ सय १९ जना, १.२५ देखी १.६ ल्याउने २२ जना र ०.८५ देखी १.२ जिपिए अङ्ढ ल्याउने १ जना रहेका छन ।

खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभागी अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका वडाध्यक्ष ५० बर्षिय खमबहादुर गर्वुजा, महिला सदस्यद्वय देवकुमारी गर्वुजा र गेममायाँ पुन तीनै जनाले सि प्लस अङ्ढ प्राप्त गरेका छन । दृष्टीविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकी दुवैले सि प्लस अङ्ढ प्राप्त गरेका छन ।

जिल्ला शिक्षा विकास तथा समवन्य इकाईका अनुसार यस बर्ष ९ वटा परिक्षा केन्द्रमा एक हजार १ सय ११ जना छात्रा समेत दुई हजार दुई सय २९ जना विद्यार्थी एसईई परिक्षामा समेल छन । जसमध्य गलेश्वर माध्यामिक विद्यालयका ३२ जना प्राविधिकधार र २५ जना खुल्ला तर्फबाट हुन ।

त्यसैगरी २०७५को माध्यामिक शिक्षा परिक्षा (एसईई) विहिवार सार्वजनिक परिणाम अनुसार हिमालपारीको जिल्ला मुस्ताङ्ग सदरमुकाम जोमसोम स्थित धौलागिरी बोडिङ स्कुलका २ जनाले ए प्लस अङ्ढ प्राप्त गरेका छन । मुस्ताङभरबाट एक सय ३१ जना एसईई परिक्षामा सामेल भएका मध्य ११ जनाले ए, २१ जनाले वि प्लस, ३८ जनाले वि, ४१ जनाले सि र १२ जनाले सी ग्रेड ल्याएका छन ।