FLASH NEWS
  • Loading...

‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २८६ पटक पढिएको
‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु

म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गरे । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला / पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ ।

प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागी छन ।
प्रतियोगिताको छात्र/छात्रातर्फ पहिलाे हुने विद्यालयलाई नगद रु ५० हजार र दाेस्राे हुनेलाई नगद रु २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै महिला/पुरुष शिक्षकतर्फ पहिलाे हुनेले  नगद रु २० हजार र दाेस्राे हुनेले नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्र पाउने भलिबल संघका महासचिव कुमार किसानले बताए ।