FLASH NEWS
  • Loading...

धौलागिरी गाउँपालिकाले शनिवार सार्वजनिक गरेको आव ०७६/०७७ मा अख्तियार गर्ने नीति तथा कार्यक्रम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१९ पटक पढिएको
धौलागिरी गाउँपालिकाले शनिवार सार्वजनिक गरेको आव ०७६/०७७ मा अख्तियार गर्ने नीति तथा कार्यक्रम

धौलागिरी गाउँपालिकाले आव ०७६/०७७ मा अख्तियार गर्ने नीति तथा कार्यक्रम शनिवार सार्वजनिक गरेको छ । गाउँपालिकाको छैठौं गाउँसभामा अध्यक्ष थमसरा पुनले नीति तथा कार्यक्रम पेश गरेकी हुन ।  धौलागिरी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम ः जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।सम्पादक

.. २०७६/०७७ को नीति तथा कार्यक्रम

आषाढ २०७६

यस गरिमामय सभाका माननीय सदस्यहरु,

स्थानीय तहको निर्वाचनमा निर्वाचित भई यस धवलागिरी गाउँपालिकाको छैठौँ गरिमामय सभामा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेकी छु । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास प्रयासहरुलाई मार्गदर्शन गर्न र स्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतुले यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । यसकै नीतिगत मार्गदर्शनमा आगामी आ.व. को वजेट तर्जुमा गरि विनियोजन गरिनेछ । जस अनुसार गाउँपालिकाले काम गर्नुपर्ने विभिन्न विषयगत क्षेत्रहरुमा निम्नानुसार नीति लिइने छ:

 

बिषयगत शिर्षकनीति तथा कार्यक्रमहरु
आर्थिक विकास
कृषि तथा पशु1= नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादनलाई निर्वाहमूखी भन्दापनी व्यवसायमूखी बनाई तत्काल आयआर्जन गर्न कृषकलाई नगदे बाली तथा फलफुल उत्पादन तर्फ प्रोत्साहन गरिनेछ । जसको लागि नगदे बालि र फलफुल खेतीलाइ व्यवसायिक रुपमा विस्तार गर्न स्थान र हावा पानीको आधारमा पकेट क्षेत्र विस्तार गरिनेछ  ।

2= कृषि क्षेत्रलाई उत्पादनमुखी, दिगो, फराकिलो र स्वरोजगारीमुखी बनाउन समूहमा खेति गर्ने, सहकारी मार्फत खेती गर्ने वा संस्थागत रुपमा खेती गर्ने कृषि व्यवसायी समूह र पशुपालक समूहलाई यन्त्र उपकरणहरुमा ५०% अनुदानको व्यवस्था गरिनेछ ।

3= पिसाबलाई हिसाबमा परिवर्तन गर्न अनिवार्यरुपमा प्राङ्गारिक मल उत्पादन प्रवर्द्धन तालिमको व्यवस्था गरिनेछ ।

4= गाउँपालिकाको मुख्य क्षेत्रलाई आधार मानि नमूना परिक्षणको रुपमा १ वटा कोल्ड स्टोर निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ जसको लागि गाउँपालिकाबाट विषेश अनुदानको व्यवस्था गरिनेछ ।

5= गाउँपालिका भित्र कृषि प्राविधिकहरुको व्यवस्था गर्न पहल गरिनेछ ।

6= यस गाउँपालिकाका बासिन्दाहरुको मुख्य पेशा कृषि पछीको पशुपालन हो । पशुपालनलाई प्रवर्द्धन गर्न एक गाउँ एक उत्पादनमा जोड दिइनेछ ।

7= ठुलो परिमाणमा पशुपालन सम्बन्धी व्यवसायिक फर्म स्थापना गर्न चाहने व्यक्तिहरुलाई यन्त्र तथा उपकरण प्राप्तिमा सहजिकरण गरिनेछ साथै पशु बिमाको व्यवस्था गर्ने निति अवलम्बन गरिनेछ ।

8= दुग्ध पदार्थ उत्पादन गरिरहेका किसानको लागि विषेश अनुदानको व्यवस्था गरी नमुना मोडेल फर्महरुको स्थापनामा जोड दिइनेछ ।

9= पशु पंक्षीहरुमा स्थानिय नश्लको संरक्षण र संवर्द्धन गर्दै कृतिम गर्वाधान केन्द्रको स्थापना गर्न पहल गरिनेछ ।

10= स्थानीय स्रोत र साधनको प्रयोग गरी खोर, गोठ तथा भकारो सुधारका लागि विषेश अनुदानको व्यवस्था गरिनेछ ।

11= सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा दुध संकलन केन्द्र, वधशाला, मासुपसल र डेरीको स्थापना गरिनेछ साथै मागको आधारमा बढीमा ५०% अनुदानको व्यवस्था गरिनेछ ।

12= धवलागिरी गाउँपालिकाको आर्थिक रुपान्तरणको लागी सरकार, सहकारी, निजी क्षेत्रको सहभागी मुलक कार्यक्रम तयार गरी लागु गरिनेछ ।

उद्योग तथा वाणिज्य13= खेर गइरहेको श्रमलाई उत्पादनमा जोड्न लघु उद्यम कार्यक्रम सञ्चालन गरी, यसका लागि प्रत्येक वडामा उद्यम केन्द्रको स्थापना गरिदै लगिनेछ ।

14= गाउँपालिका स्तरमा १ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पुर्वाधारको निर्माण गर्न यसै गाउँपालिकाको वडा नं ७ को रानीबास क्षेत्रमा जग्गाको व्यवस्थापन भैसकेकोले पुर्वाधार विकासकालागि आवश्यक कार्य अगाडी वढाईनेछ ।

15= ब्यवसायीक क्षेत्रमा लाग्न चाहने यूवाहरुलाई आधारभूत तालिम, यन्त्र उपकरण सहयोग गरी युवा लक्षीत कार्यक्रम संचालन गरिनेछ ।

16= बेरोजगार युवाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई युवा स्वरोजगारमुखी सिप प्रदान गरिनेछ ।

17= गाउँपालिका भित्र रहेका बिभिन्न खानीहरु पहिचान गरी उत्खनन् गर्न पहल गरिनेछ ।

18= गाउँपालिका क्षेत्र भित्र रहेका प्राकृतिक सम्पदाहरु (जल, जमिन, बनजङ्गल, ढुङ्गारोडा, स्लेट ढुङ्गा खनिज आदि) उपयोग गर्ने गरि निर्माण हुने वा भएका आयोजना तथा उद्योग ब्यवसायहरुले  अनिबार्य रुपमा पुर्व स्विकृती लिइ दर्ता गर्नुपर्ने नीति अवलम्बन गरिनेछ ।

19= यस गाउँपालिका क्षेत्र भित्र उत्पादन हुने प्राङ्गारिक उत्पादकत्वलाई बजारिकरणको लागि आवश्यक व्यवस्था गरिनेछ ।

20= साना तथा कुटिर उद्यमलाई क्रमशः घरेलु तथा लघु उद्यम हुँदै मझौला उद्योगमा रुपान्तरण गरिनेछ । श्रमको सम्मान गर्ने प्रणालीको विकास गरिनेछ ।

पर्यटन21= यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना भएको गाउँपालिकामा पर्दछ । पर्यटकीय गन्तव्यको विकास गर्नको लागि खोलिएका पदमार्गहरुको प्रचार प्रसार, नयाँ गन्तव्यको पहिचान र आवश्यक पुर्वाधारहरुको विकास गर्नको लागि पर्यटन गुरुयोजना निर्माण कार्य अघि वढाईनेछ ।

22= गाउँपालिका क्षेत्रमा घुम्न आउने आन्तरीक तथा वाह्‍य पर्यटकको विवरण अद्यावधिक गर्नको लागि पर्यटक चेकपोष्ट तथा अभिलेख सुचना प्रणाली स्थापना गरिनेछ ।

23= पालिकाभीत्र भीत्रिने आन्तरिक तथा वाह्य पर्यटकहरुको वसाई लम्व्याउन सांस्कृतिक संग्रहालय, पार्क, निर्माण गरी व्यवस्थित होमस्टे संचालन गरिनेछ । यस्तो कार्यमा संलग्न उत्कृष्ट होमस्टेलाई विषेश अनुदानको व्यवस्था गरिनेछ ।

24= गाउँपालिका भित्र रहेका पर्यटन सम्भावना बोकेका भ्यू पोइन्टहरुको सम्भाव्यता अध्ययन साथै विद्युतिय यातायात निर्माणकोलागि DPR(Detailed Project Report) तयार पारिनेछ ।

सहकारी25= यस गाउँपालिका क्षेत्राधिकारमा दर्ता भएका र हाल सम्म अभिलेख नभएका सहकारीहरुले प्रकृया पुरा गरेर अभिलेखिकरण गर्न आएमा लाग्ने जरीवाना मिनाहा हुने व्यवस्था मिलाईनेछ ।

26= हरेक टोल वा वडाहरुमा उपभोक्ता सहकारी पसल स्थापना गर्नको लागि सहकारीहरु मध्येबाट प्रस्तावना आव्हान गरिनेछ । स्थानीय सहकारी संस्थाहरुलाई नियमानुसार कार्यक्रम अनुदानको व्यवस्था गरिनेछ ।

27= सुस्त अवस्थामा रहेको सहकारीलाई गतिशिलता प्रदान गरि हरेक वडामा सहकारी मार्फत सामुहिक उत्पादनलाई जोड दिईनेछ । त्यस्ता उत्पादनको खरिद विक्री सहकारी मार्फत गरिनेछ ।

28= संघीय सरकारले  अवलम्बन गरेको निति तथा कार्यक्रम अनुसार आर्थीक, सामाजिक र पुर्वाधार विकासको कार्यक्रमहरु सम्बन्धित विषय तथा क्षेत्र संगको साझेदारीमा संचालन गर्ने व्यवस्था गरिनेछ ।

वित्तिय क्षेत्र29= गाउँपालिकाका सवै व्यक्तिहरुको वैंक खाता संचालन गर्नको लागि वैंक सँग मिली आवश्यक समन्वय गरिनेछ ।
सामाजिक विकास
शिक्षा30= कम्तिमा २०–२५ जना बालबालिका भएका गाउँपालिका भित्रका कम्तिमा कुनै दुई वटा बालबिकास केन्द्रहरुलाई बालमैत्री पूर्वाधार सहितको स्रोत सम्पन्न बालबिकास केन्द्रको रुपमा विकास गरिने छ । सो को लागि अन्य सहयोगी संस्थासंग साझेदारी गरिने छ ।

31= हरेक वडाको एउटा माध्यमिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराई कक्षा कोठामा ICT को उपयोग गरी शिक्षण सिकाई क्रियाकलाप अघि बढाईने निति अवलम्बन गरिनेछ ।

32= पेशा प्रती प्रतिवद्ध, लगनशिल, बफादार, विद्यालयमा सिकाई उपलब्धी उच्च बनाउने प्र.अ., वि.व्य.स.का अध्यक्ष र पालिका स्तरिय कक्षा ८ को वार्षिक परिक्षा र एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई पुरस्कृत गरिने छ ।

33= गाउँपालिकाको स्रोतसाधनको उच्चतम उपयोग हुने र पालिकाको आर्थिक विकासमा प्रत्यक्ष टेवा पुग्ने  गरी पालिका भित्र   प्राविधिक तथा व्यावसायिक शिक्षाको संभाव्यता अध्ययन कार्यको थालनी गरिने छ ।

34= न्युन विद्यार्थी भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा गाभिने छ, विशेष पाठ्यक्रमको प्रबन्ध गरी पठनपाठनको सुरुवात गर्दै  शिक्षकहरुलाई अत्यन्तै न्युन दरबन्दी भएका विद्यालयहरुमा व्यवस्थापन गरिने छ ।

35= प्रस्तावित मा.वि.तथा आधारभुत विद्यालयहरुमा शिक्षक दरबन्दीका लागि प्रदेश तथा संघीय सरकार संग समन्वय गरिने छ । यसरी शिक्षक व्यवस्थापन हुन नसकेको अवस्थामा पालिकाको तर्फबाट विशेष शैक्षिक अनुदानको प्रबन्ध मिलाई शिक्षक व्यवस्थापन गरिने छ ।

36= पालिका भित्र रहेका सबै बालिकाहरुलाई विद्यालय भित्र ल्याई टिकाउनका लागि पालिका अन्तर्गत सञ्चालित संघ संस्थाहरु संग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने  छ । विद्यालय भर्ना कार्यक्रमलाई प्रभावकारी बनाईने छ ।

37= पालिका भित्रको सिकाईको गुणस्तर सुधार गर्न सिकाई उपलब्धीको बिश्लेषण, विषयगत शिक्षक तालिम, अध्ययन भ्रमण, सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रमको व्यवस्था मिलाईने छ । साथै कक्षाकोठामा पढाईको सुनिश्चितता  गर्न खासगरी सुत्केरी विदामा बसेका शिक्षकको पढाई पुर्ति गर्न जगेडा शिक्षकको व्यवस्था मिलाईने छ ।

38= न्युन बेतन भएका बालबिकास शिक्षक र कार्यालय सहयोगीहरुको मनोबल उच्च बनाउन प्राोत्साहन भत्ता उपलब्ध गराउने निती लिईने छ । उल्लेखित जनशक्तिको उच्च प्रयोग गरी प्रितिफलको आधारमा उक्त निती लागु गरिनेछ ।

39= खेलकुद क्षेत्रमा विकास गर्न र बालबालिकामा रहेको अन्तरनिहीत क्षमताको प्रस्फुटन गर्ने हेतुका साथ सबै विद्यालय र गाउँपालिकास्तरमा खेलकुद अतिरिक्त क्रियाकलाप र अवसर परियोजना सञ्चालन गरिने छ ।

40= विद्यालयमा शिक्षकहरुको उपस्थिति नियमित गर्न र शैक्षिक क्रियाकलापहरु कुनै दुई विद्यालयहरुमा विद्युतीय हाजिरी र सीसी क्यामाराको प्रबन्ध मिलाईने छ ।

41= बालबालिकाहरुलाई वातावरण प्रति सचेत गराउन तथा उनीहरुको बौद्धिक विकासको लागि एक ओखर एक विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिईने छ ।

42= विपद जोखिम न्युनिकरण तथा बृहत विद्यालय सुरक्षाका लागि योजना तर्जुमा सचेतनामूलक कार्यक्रम पूर्व तयारी जस्ता कार्यक्रमहरु पालिकामा सञ्चालित संघ संस्थाहरु संग समन्वय गरी सञ्चालन गरिने छ ।

43= सबै बालबालिकाहरुको कम्तिमा एक पटक स्वास्थ्य जाँच कार्यक्रम गरिने छ र विशेष अवस्थामा विशेष स्वास्थ्य शिबीर सञ्चालन गरी बालबालिकाको आधारभुत स्वास्थ्यको सुनिश्चितता गरिने छ । साथै हरेक विद्यालयमा प्राथमिक उपचार बक्सको व्यवस्था गरिने छ ।

44= विद्यालयमा  स्वच्छ खानेपानी तथा बालमैत्री खाने पानी धारा निर्माणका लागि साझेदारी संघ संस्था संग समन्वय गरिने  छ ।

45= कक्षा ८ को परिक्षालाई व्यवस्थित र मर्यादित बनाईनेछ । कक्षा ८ को परिक्षामा  D वा D भन्दा कम ग्रेड ल्याउने विद्यार्थिलाई पुनः ग्रेड अप परिक्षा लिईनेछ । सो परिक्षामा पनि ग्रेड अप हुन नसकेमा कक्षा दोहोर्‍याउने निति अवलम्बन गरिनेछ ।

46= गाउँपालिका भित्रका सबै विद्यालयहरुलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाईने छ । सो का लागि सहयोगी संस्थाहरुसंग साझेदारी गरिने छ ।

स्वास्थ्य47= धवलागिरी गाउँपालिकाबासिको स्वास्थ्यलाई मध्यनजरमा राखी आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न एम्बुलेन्स खरिद गरिनेछ ।

48= गाउँपालिका भीत्रको प्रत्येक वडामा सर्ने तथा नसर्ने रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिनेछ ।

49= कुनैपनि स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव हुन दिईने छैन  । स्वास्थ्य चौकीहरुमा आवश्यक औजार उपकरण थप गरी स्वास्थ्य चौकीको स्तर उन्नति गरिनेछ ।

50= गाउँपालिका भित्रका वासिन्दाहरुलाई स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवाको अधिकतम उपयोग गर्ने व्यवस्था मिलाइनेछ । साथै सेवा प्रवाहमा तदारुकताका साथ लाग्न स्वास्थ्यकर्मीहरुको लागि तालिम लगायत अभिमूखिकरण कार्यक्रम संचालन गरिनेछ ।

51= जिर्ण भएका स्वास्थ्य चौकी भवनहरुको मर्मत सम्भार गरी आवश्यक फर्निशिङ्गको व्यवस्था गरिनेछ ।

52= Night Duty गर्ने तथा सुत्केरी गराउन खट्ने स्वास्थ्य कर्मचारीलाई विषेश सुविधा प्रदान गरिनेछ ।

53= आयुर्वेदिक, जडिबुटी प्रयोग द्वारा गरिने परम्परागत स्वास्थ्य उपचार विधिलाई सम्वर्द्धन गरिनेछ ।

54= स्वास्थ्य चौकीबाट सेवा लिन वन्चित भएका दुर दराजका जनताकालागि घुम्ती स्वास्थ्य सिविर संचालन गरिनेछ ।

55= सन्तान पुगेका दम्पतिहरुलाई स्थाई वान्ध्याकरणको लागि प्रोत्साहन गरिनेछ । त्यस्ता दम्पतीहरुलाई आवश्यक सहयोगको व्यवस्था गरिनेछ ।

56=  सुरक्षित गर्भपतन सम्बन्धी जनचेतना कार्यक्रम गरिनेछ ।

खानेपानी तथा सरसफाई57= यसअघि निर्माण भएका खानेपानी परियोजनाहरुको लेखाजोखा अध्ययन गरि पूराना धारा र ट्यांकीहरुको मर्मतका लागि हरेक वडामा वजेट विनियोजन गरिनेछ । खानेपानी नपुगेका वस्तीहरुमा नयाँ आयोजनाहरुको सर्भे गरिनेछ ।

58= गाउँपालिकाका सवै वस्ती तथा घरहरुमा एक घर एक धारा अभियानलाई निरन्तरता दिइने छ । यसकालागि प्रदेश तथा केन्द्र सरकार सँग समन्वय गरिनेछ ।

59= गाउँपालिका भित्र Water Seal Pan नभएका घरपरिवार पहिचान गरी आवश्यकताको आधारमा १ Set Toilet Pan, 2.5 मिटर Pipe र १ बोरा Cement प्रदान गरिनेछ ।

खेलकुद तथा मनोरन्जन60= गाउँपालिकाको प्रतिनिधित्व गर्दै विभीन्न खेलकुद कार्यक्रममा सहभागी जनाउने टिम/क्लवलाई पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराईनेछ ।

61= गाउँपालिका भित्र सञ्चालन हुने मेला तथा महोत्सवलाई व्यवस्थित बनाउँदै लगिनेछ । मेला तथा महोत्सव संचालन गर्नको लागि गाउँपालिकाको पूर्व स्वीकृती लिनु पर्नेछ ।

62= गाउँपालिकामा १ पालिका १ रंगशाला निर्माण गर्नको लागि सम्बन्धित निकायमा पहल गरिनेछ भने खेलकुद मैदान निर्माण नभएका वडामा खेलकुद मैदान निर्माण गरिनेछ ।

63= गाउँपालिका स्तरीय वार्षिक खेलकुद महोत्सव, “कृषि पर्यटन संगसंगै अध्यक्ष कप”  आयोजना गरिनेछ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण64= महिला सशक्तिकरणको लागि मागमा आधारित तथा लक्षित समूह पहिचान गरी क्षमता विकास, लैगिंक सचेतना एवं कानूनी परामर्श तथा आर्यआर्जन वृद्धि गर्ने खालका कार्यक्रम गर्नुका साथै महिलाहरुको प्रजनन स्वास्थ्य सुधारका लागि पोषणयुक्त खाना, सरसफाई, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सचेतनामूलक कार्यक्रम बनाई विभिन्न समुदाय तथा बस्तीहरुमा सञ्चालन गरिने छ । यसका लागि गाउंपालिकाकाले आवश्यक परेको खण्डमा विभिन्न गैर सरकारी संस्थाहरुसंग समन्वय गर्दै कार्यक्रम निर्माण तथा संचालन गरिने छ ।

65= ज्येष्ठ नागरिकहरु समाजको जिउंदो दस्तावेज भएको कुरालाई मध्यनजर गर्दै उनिहरुको लागि राज्यले तोकेको नियमित सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रमाण तथा कागजातहरु समयमै अद्यावधिक गर्न सुशुचित गर्ने र घर, गाउं एवं समुदायमा सम्मानपूर्ण जिवनयापनको वातावरण बनाउनेतर्फ आवश्यक सचेतनामूलक कार्यक्रम गरिने छ । साथै गाउंपालिकाको तर्फबाट सबैभन्दा ज्येष्ठ नागरिक पहिचान गरी प्रत्येक वडामा एक पुरुष ज्येष्ठ नागरिक र एक महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिने छ ।

66= धवलागिरी गाउंपालिका क्षेत्र भित्र रहेका अपाङ्गहरुको विवरण अद्यावधिक र पहिचान गरी अपाङ्गता परिचय पत्र वितरणका लागि घुम्ती शिविर आयोजना गरिने छ । साथै गाउंपालिका भित्र निर्माण हुने हरेक सार्वजनिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने छ ।

67= समाजमा रहेका सामाजिक समस्याहरु मध्ये बालविवाह, बहुविवाह रोक्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने तथा सो कार्य रोक्न महत्वपूर्ण योगदान एवं पहल गर्ने व्यक्तिलाई विशेष पुरस्कारको व्यवस्था गरिने छ ।

68= दलित र अल्पसंख्यक समुदायका व्यक्तिहरुको लागि सामुदायिक संगठनहरुको प्रवर्द्धन र नेतृत्व विकासका कार्यक्रमहरु संचालन गरिने छ ।

69= ज्येष्ठ नागरिक र अपाङ्ग नागरिकहरुलाई सक्रिय जीवन जिउने वातावरण तयार पार्न उपयुक्त सीपमुलक तालिम संचालन गरिने छ ।

70= जातिय छुवाछुत र सामाजिक कुरीति, कुसंस्कार, रुढिवादी अन्धविश्वासको अन्त्य गर्न सांस्कृतिक सुधार कार्यक्रम संचालन गरिने छ ।

71= “सुनौला १००० दिनका आमाहरुसंग अध्यक्ष” कार्यक्रम र “उमेर सान्दर्भिक विवाह संग उपाध्यक्ष” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

पुर्वाधार विकास
स्थानीय सडक, पुल तथा झो.पु72= दाङखोला, धारापानी हुँदै लुलाङ-गुर्जा सडकलाई गाउँपालिकाको मुख्य सडक कोरिडोरका रुपमा विकास गरि आवश्यक मर्मत सम्भार मार्फत वर्षैभरी सञ्चालन हुने बनाइनेछ । गाउँपालिका भित्रका अन्य सडक सञ्जाललाई यिनै मुख्य सडकसँग जोडिनेछ ।

73= गाऊँपालिका भित्रका टोलहरुलाई सडक सञ्जालले जोड्न तथा कृषियोग्य जमीनमा सडक पहुँच पुर्याउनको लागि आवश्यक कार्य गरिनेछ ।

74= हालसम्म पनि गाउँपालिका केन्द्र देखी वडा सम्म सडक नजोडिएका वडामा पुग्ने कृषि सडक निर्माण गरिनेछ ।

75= पालिकास्तरिय गौरवको आयोजना निर्माण गर्न प्राथमिकता दिईनेछ ।

76= झोलुङ्गे पुल आवश्यक भएका स्थान पहिचान गरी निर्माण कार्यलाई अगाडी बढाईनेछ ।

77= गाउँपालिकालाई आवश्यक भएका वा ठानेका ठूला महत्वपूर्ण योजनाको DPR (Detailed Project Report) तयार गरिनेछ ।

78= गुर्जामा आन्तरिक बाटो निर्माण गरी यातायात संचालनमा ल्याईनेछ ।

सिंचाई79= खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्‍याउन कुलाहरु निर्माणका साथै थोपा सिँचाईको व्यवस्था गरिनेछ ।
भवन तथा शहरी विकास80= गाउँपालिका भित्रका विद्यालय तथा स्वास्थ्य चौकिका भवन निर्माण तथा मर्मत सम्भार गरिनेछ ।

81= स्थानीय जनताले विकास निर्माणका आयोजनाहरुको कुल लागत मध्ये २% नगद अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने व्यवस्था लागु गरिनेछ ।

82= गाउँपालिका भित्र संचालित बिभिन्न I/NGO हरुले भौतिक पुर्वाधार सम्वन्धी कुनै पनि कार्य गर्दा स्थानीय जनताबाट जुट्ने १०% श्रमदान बाहेकको श्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिनेछ ।

83= “आवास विहिन जनतासंग वडा अध्यक्ष” कार्यक्रम लागु गर्दै लगिनेछ ।

उर्जा, लघु तथा साना जलविद्युत84= सौर्य उर्जा, लघु तथा साना जलविद्युत आयोजनालाई वैकल्पिक उर्जाको रुपमा अंगिकार गरी केन्द्रिय प्रशारण लाईनलाई प्राथमिकता दिईनेछ ।

85= २ बर्ष भित्र केन्द्रिय विद्युत लाईनले छुन नसक्ने वस्तीहरुमा र चौबिसै घण्टा विद्युतको आवश्यकता पर्ने सार्वजनिक संस्थाहरुमा विद्युत पावरको लागि वैकल्पिक उर्जामा पहल गरिनेछ ।

वातावरण तथा विपद व्यवस्थापन
बन तथा भु संरक्षण86= सडक किनारामा भूक्षयलाई रोकी आर्थिक लाभ समेत लिन अम्रिसोका विरुवाहरु रोपी त्यसको संरक्षण र उपयोग गर्न सम्बन्धित समुदायलाई परिचालन गरिनेछ । साथै भूक्षय रोक्न वृक्षारोपण सहित अन्य उपाय अवलम्बन गर्ने निति लिइनेछ ।

87= जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न खाली जग्गाका र्सर्वेक्षण र माटो परीक्षण गरी जमिनको प्रकृति अनुसारको गैर काष्ठ वन पैदावार रोपण गरी भुउपयोग नीति अवलम्बन गरिनेछ ।

88= नदीले कटान गरेको ठाउँहरुमा तार जालीको तटबन्धनको व्यवस्था गरिने छ ।

फोहोरमैला तथा ढल व्यवस्थापन89= वातावरण तथा सरसफाइलाई  मध्येनजर गर्दै प्रत्येक वस्तीमा टोल सुधार समूह गठन गरी फोहोर व्यवस्थापन तथा ढल व्यवस्थापनको कार्यक्रमलाई प्राथमिकताका आधारमा क्रमश सुरु गरी पाँच बर्ष भित्रमा प्रत्येक वडामा क्रमश आयोजना गरिने छ ।

90= प्रत्येक वडा मध्ये १५० घरधुरी भएको वस्तीको प्रत्येक घरमा पानी सहित चर्पी र फोहोर व्यवस्थापन कार्यलाई चुस्त ढंगले लागू गरेको खण्डमा विशेष उपाहार सहित टोल सुधारको लागि विषेश पुरस्कार प्रदान गरिनेछ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन
सामान्य सेवा91= यस कार्यालयबाट सम्पादन गरिने भौतिक पूर्वाधार  निर्माण सम्बन्धी कार्यलाई लागत प्रभावी  र गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने छ । आयोजनाहरु छनौट गर्दा उच्च जनसहभागिता रहने र अधिक नागरिकले प्रतिफल प्राप्त गर्ने योजनालाई उच्च प्राथमिकता दिइने छ ।

92= गाउँपालिकामा कार्यरत कर्मचारीको कार्यविवरण परिमार्जन गरी कार्य विवरण तथा मूल्यांकन सूचकको आधारमा वाषिर्क रुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगद सहित पुरस्कृत गर्ने कार्यको शुरुवात गरिनेछ ।

93=  भौगोलिक विकटताको कारण कर्मचारीहरु आउन नमान्ने समस्यालाई मध्यनजर गर्दै आन्तरिक आय वृद्धी गरी थप प्रोत्साहन भत्ताको व्यवस्थापन गरिनेछ ।

94= अटेरी, अनुशासनहीन र लापरवाहीपुर्वक कार्यसम्पादन गर्ने कर्मचारीलाई कडाइकासाथ कानून बमोजिम दण्डित गरिनेछ ।

95= कार्यालयको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ ।

96= नगदमा आधारित लेखा प्रणालीलाई क्रमशः प्रोद्भावी लेखा प्रणालीमा रुपान्तरण गर्दै लगिनेछ ।

97= कार्यालयका हरेक शाखाहरुलाई उपलब्ध स्रोत साधनका आधारमा व्यवस्थित गर्दै लगिनेछ ।

सुचना प्रविधि98= धवलागिरी गाँउपालिकाबाट  प्रदान गरिने सेवा तथा सुविधाहरुमा गुणस्तरीयता सुनिश्चित गर्न कम्प्युटरकृत सूचना प्रविधिलाई अबलम्बन गरिने छ । यसका लागि उपलब्ध जनशक्तिको दक्षता अभिवृद्धी गरिने छ ।
स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन99= सवै वडाको घरधुरी दर्ता गरि घरधुरी पहिचानको लागि निश्चित कोड प्रदान गरिनेछ ।

100= उच्च प्रविधिको प्रयोग गर्नुपर्ने र ठूला लागत बाहेकका आयोजनाहरुको कार्यान्वयन उपभोक्ता समिति, सहकारी र सामुदायिक संस्थाहरु मार्फ कार्यान्वयन गरिनेछ । उपभोक्ता समितिहरुलाई प्रभावकारी परिचालन गर्न उपभोक्ता समिति परिचालन कार्यविधि तर्जुमा गरिनेछ ।

101= संगठन ब्यवस्थापन र्सर्भेक्षण कार्य सम्पन्न गरि गाउँपालिकाको जनशक्ति आवश्यकता पहिचान गरिनेछ । सो का आधारमा स्थानीय कर्मचारी सेवा ऐन तर्जुमा गरिनेछ ।

102= गाउँपालिकामा रहेका भौतिक तथा अभौतिक सम्पत्तिको अभिलेख अद्यावधिक गरिने छ, सामान्य मर्मत संभार गरी सञ्चालनमा आउन सक्ने उपकरण तथा सामाग्रीको मर्मत गरी चालु अवस्थामा राखिने छ ।

सुशासन प्रवर्धन103= विद्यालय र स्वास्थ्य चौकिको गुणस्तर सुधार गर्न रेखदेख तथा निरिक्षण कार्यदल गठन गरि हरेक महिना गाऊँपालिकाले रिपोर्ट लिइ सेवा तथा गुणस्तरमा नियमित सुधार गरिनेछ ।

104= सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी, जवाफदेही वनाइनेछ । भ्रष्टचारमा शुन्य सहनसिलताको नीति अबलम्बन गरिनेछ ।

105= NGO/INGO बाट संचालन गर्ने कार्यक्रमलाई गाउँसभामा अनिवार्य रुपमा पेश गरी गाऊँपालिकाको वाषिर्क कार्यक्रम र वजेटको रुपमा मुलप्रवाहीकरण गरिनेछ ।

106= वेभसाइट मार्फत गाऊँ सरकारको आम्दानी तथा खर्च चौमासिक रुपमा सार्वजनिक गरिनेछ ।

107= विकासका वाषिर्क योजना निर्माण र कार्यन्वयनमा समुदाय परिचालनका लागि साविकका वडालाई समेटेर टोल सुधार समिति गठन गरि सक्रिय वनाइनेछ ।

108= प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गरी पारदर्शिता अभिबृद्धी गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

109= विषयगत शाखाबाट संचालन हुने कार्यक्रमको मासिक प्रगति प्रतिवेदन गाउँ कार्यपालिकाको वैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाईनेछ ।

अनुसन्धान तथा तालिम110= कर्मचारीको समयानुकुल आधुनिक प्रविधिमा दक्षता अभिवृद्धि गर्न र सकारात्मक सोचको विकास गर्न विभिन्न तालिमहरु प्रदान गरिनेछ ।
अन्य111= गाऊँपालिकाको राजश्व सुधार कार्ययोजना तर्जुमा गरिनेछ ।

112= अव प्रत्येक वर्ष यस गाउँपालिकाको प्रत्येक वडामा कार्यपालिकाको वैठक घुम्ती रुपमा संचालन गरिनेछ ।

113= गाऊँपालिकामा कर संकलन गर्दा प्रगतिशिल कर प्रणाली लागु गरिनेछ ।

114= मुख्य राजश्वका स्रोतहरुः सम्पत्ति कर, घरनक्सा पास तथा अभिलेख दस्तुर, ब्यवसाय कर, बहाल विटौरी शुल्क, सम्पत्ति मूल्यांकन शुल्क, निवेदन दस्तुर को निर्धारण गरि सफ्टवेयर प्रणालीबाट असुली गर्ने ब्यवस्था मिलाइनेछ ।

115= आम जनतालाई कर तथा राजश्वको महत्वका वारेमा जनचेतना विस्तार गर्न कर शिक्षा कार्यक्रम लागू गरिनेछ ।

116= गाउँपालिकामा आएका सवै मुद्धाहरुलाई छिटो र छरितो छिनोफानो हुने ब्यवस्था मिलाइनेछ ।

117= उपरोक्त नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि निम्नलिखित ऐन, नियम, निर्देशिका, कार्यविधिहरु तत्काल तर्जुमा गरी लागु गरिनेछ:

क)    गाउँपालिकाको विनियोजन ऐन

ख)    गाउँपालिकाको आर्थिक ऐन