FLASH NEWS
  • Loading...

धौलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३७९ पटक पढिएको
धौलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

म्याग्दी । ७ असार ।

म्याग्दीको दुर्गम धौलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले अवलम्बन गर्ने आर्थिक नीति तथा कार्यक्रम शनिवार सार्वजनिक गरेको छ ।

गाउँपालिका केन्द्र मुनामा आयोजित छैटौ गाउँसभामा अध्यक्ष थमसरा पुनले आगामी आर्थिक वर्षको लागि ८२ बुँदे नीति तथा कार्यक्रम पेस गरेकी हुन । गापाले सार्वजनीक गरेको नीति तथा कार्यक्रममा दरवाङ–ताकम–मुना सडकमा नियमित यातायात हुन सक्ने बनाउने, सवै वडालाई सडकले जोड्ने, खेतीयोग्य जमिनमा सिचाई सुबिधा विस्तारका लागि कुलो र थोपा सिचाईको व्यवस्था गर्ने, विधुतको केन्द्रीय प्रशारण लाइन विस्तारमा जोड दिने, नगदे र फलफुल खेती विस्तार, कृषीमा यान्त्रीकरण तथा पचास प्रतिशत अनुदान दिने, मानव मुत्रको प्रयोग गरि प्राङगारिक खेतीलाई प्रोत्साहन गर्ने तथा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

त्यसैगरी ब्यवसायीक पशु पालन, दुध तथा दुधजन्य पदार्थको ब्यवसायीक उत्पादन गर्ने कृषकलाई  पचास प्रतिशतसम्म अनुदान, समुह वा संस्थागत रुपमा ब्यवसायीक कृषी, फलफुल, पशुपालन गर्नेलाई अनुदान दिने नीति ल्याएको छ । गापा भित्रका खानीको पहिचान र उत्खननका लागि पहल, सञ्चालित खानीहरुलाई कानुनी दायरामा ल्याउने भएको छ ।

पर्यटकीय स्थलहरुको विकासका लागि नयाँ गन्तब्यको पहिचान र आवश्यक पूर्वाधार विकासका लागि गुरुयोजना तयार पार्ने, पालिकामा भित्र्ने पर्यटकको अभिलेख राख्ने, बाह्य पर्यटकको बसाई लम्बाउन सांस्कृतिक संग्रहालय बनाउने र होमस्टे सञ्चालन गर्ने भएको छ ।

खेलकुदको विकासका लागि पालिका स्तरीय रंगशाला बनाउन प्रदेश र संघीय सरकारसंग पहल गर्ने, कृषि पर्यटनसंगसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच बढाउन एम्बुलेन्स खरिद गर्ने, विद्यालयमा विद्युतीय हाँजिरी जडान गर्ने, शून्य दरबन्दिका विद्यालयमा सहयोग, भौतिक पूर्वाधार सुधार, एक विद्यार्थी, एक ओखर रोप्ने अभियानलाई निरन्तरता दिएको छ ।