- Loading...
पुष २९ देखी माघ २ गतेसम्म बेनीमा माघे सक्रान्ति मेला लाग्ने
- पुनहिल डट कम
- १ साल अघि
- ३१८ पटक पढिएको

मगर/पुन समुदायकाे प्रमुख चाड माघे संकान्तीकाे अवसर पारेर मगर/पुन जाती बाहुल्य म्याग्दीमा पुष २९ देखी माघ २ गतेसम्म माघे सक्रान्ति मेला लाग्ने भएकाे छ ।
यसपालीकाे माघे संकान्ती मेला म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिले आयोजनामा गर्न लागेकाे हाे । मगर/पुन जातीकाे प्रमुख चाड भएपनी माघे संक्रान्ती मेलामा एकै जना मगर/पुन महिला अायाेजक समितीमा छैनन ।
यस पटकके माघे संक्रान्ति मेलामा मेलामा खुला नृत्य र आमाहरुको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने मुल अायाेजकले बताएकाे छ । मेलामा अायाेजना हुने खुला नृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरुको एकल लोकनृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्ने लगायतका प्रतियोगिता समेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिब प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलामा जिल्लामा रहेका विभिन्न जातजाति , संघ संस्था र समूहको पहिचान झल्कने झाँकी पर्दशनी सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलालाई सफल बताउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको महिला उद्यम विकास समितिले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
