- Loading...
जगन्नाथ मन्दिरको उद्घाटन
- पुनहिल डट कम
- १ साल अघि
- २८१ पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आइतबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले एक समारोह विच उद्घाटन गरे।
केही बर्ष अघि नै पुनःनिर्माण भएको जगन्नाथ मन्दीरमा आइतवार जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्र प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको जगन्नाथ धाम (मन्दिर) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
बेनीबाट पुलाचौरहुँदै सााघुरो, अप्ठ▒रो र जीर्ण सडक छिचोल्दै मन्दीर उद्घाटन गर्न जगन्नाथ पुगेका मन्त्री जुग्जालीले गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र ताकम कोटलगायत क्षेत्रको विकासमा जोड दिादै त्यसकालागी सहज यातायात आवश्यक पर्ने उल्लेख गर्दै सडक स्तरोन्ती गर्न बजेट ब्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाा खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले बताए । मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
