- Loading...
देवीभगवती कोटमन्दीरमा हर्षउल्लासपूर्वक फुलपाती भित्राईयो
- पुनहिल डट कम
- १ साल अघि
- २२५ पटक पढिएको

बडा दसैँको सातौँ दिन आज देवीभगवती शक्तिपीठ तथा घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएकको छ। आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।
देशभरका देवीभगवती मन्दीर समेत म्याग्दीका बेनी भगवती कोट, ज्यामरूककोट, ताकमकोट, राखुभगवतीकोट, घारभगवतीकोट तथा घतानभगवतीकोट समेतका देवीभगवती मन्दीरमा पनी धुमधामसहित फुलपाती भित्राइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
फूलपातीका दिन गोरखाबाट काठमाडौंको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ । यसपटक पनि गोरखा दरबारबाट फूलपाती ल्याइँदै छ । नेपाली सेनाले सो फूलपाती ल्याउने चलन छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
