FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको दशैं-तिहार शुभकामना

  • पुनहिल डट कम
  • १२ महिना अघि
  • १७६ पटक पढिएको
बेनी नगरपालिकाको दशैं-तिहार शुभकामना

बेनी नगरपालिकाको आयोजनामा विजयदशमी, दिपावली र छठ पर्वको अवसरमा अवसरमा सराेकारवालासँग शुभकामना आदान-प्रदान गरेकाे छ।

शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो ।

कार्यक्रममा नगरप्रमुख सुरत केसीले नगरको विकासमा राजनीतिक दल समेत समाजका अन्य सरोकारवालासंग समन्वय गरी अघि बढ्ने संस्कृतिकाे विकास गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा जिल्लाका प्रमुख दलका नेता, जनप्रतिनिधी तथा प्रमुख जिल्ला अधिकारी समेत सरकारी कार्यालयका कर्मचारीहरूले प्रतिनिधी मुलक शुभकामना अादान-प्रदान गरेका थिए ।