- Loading...
अान्दाेलनमा भाग लिन काठमाण्डाै हिंडे शिक्षक
- पुनहिल डट कम
- १ साल अघि
- ३०२ पटक पढिएको

शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अाह्वान गरेकाे बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन म्याग्दीबाट पनि शिक्षकहरू काठमाण्डाै हिंडेका छन ।
शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै बुधवारदेखी काठमाण्डाै केन्द्रीत आन्दोलन अाह्वान गरेकाे छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । म्याग्दीबाट काठमाण्डाै केन्द्रीत अान्दाेलनमा भाग लिन म्याग्दीबाट ६ वटा वसमा दुइ सय ५० बढी शिक्षकहरू मंगलवार रात्री बसमा राजधानी हिंडेकाे नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष रमेश सिं ठकुरीले बताए ।
महासंघकाे विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा असन्तुष्टि रहेको छ ।उनीहरूले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च माध्यमिक विद्यालय, बाल कक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रस्तावित ऐनले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।
शिक्षकलाई दुःख दिँदैमा शिक्षाको गुणस्तर नसुध्रिने बताए। महासङ्घले शिक्षकमैत्री शिक्षा ऐन नआए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
