- Loading...
जब मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर लगाएर
- पुनहिल डट कम
- १ साल अघि
- २६७ पटक पढिएको

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरक्षेत्रमा ताेकिएकाे सडक मापदण्ड भित्र नपरेका सडक विस्तार गर्ने र मापदण्ड अतिक्रमण भएका संरचना हटाउने अभियानकाे अाफैबाट सुरू गरेका छन ।
मेयर केसीले अाफ्नै शेयर लगानी (संस्थापक) रहेकाे बेनी नगरपालिका, ७ कुरिलाखकर् स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमणगरी बनाएको पर्खाल र विद्यालय जाने बाटाे डोजर लगाएर भत्काएका हुन । नगरपालिकाका प्रशासकीय अधिकृत, प्राविधिकहरू तथा विद्यालयका प्रिन्सीपल रहेका भाइ राजु केसीसमेत मिडियाकर्मीहरू समेत राखेर सडक अतिक्रमण गरी बनाएका संरचना भत्काउने अभियान सुरू गरेका हुन ।
मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो । बेनी–अर्थुङे सडकखण्ड अन्तरगत विद्यालयले पैदलमार्ग तथा आपत्कालिन अवस्थामा सवारीसाधन समेत प्रयोग गर्ने मिल्ने संरचनालाई भत्काएर मापदण्ड कायम गरिएको हाे ।
‘नगरको डोजर निरन्तर चलिरहेको छ,’सडक अतिक्रमण गरेर बनाइएका संरचना सबै खाली गछौ’ मेयर केसीले भने। महारानीथानमा अतिक्रमित पर्खा हटाउन मुल सडकबाट करिब साढे ८ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
