FLASH NEWS
  • Loading...

स्वरोजगार तालिम लिँदै म्याग्दी क्याम्पसका विद्यार्थी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५१ पटक पढिएको
स्वरोजगार तालिम लिँदै म्याग्दी क्याम्पसका विद्यार्थी

म्याग्दी, २२ जेठ ।

क्याम्पसका विद्यार्थी बजारमा विक्न योग्न नभएपछि म्याग्दी क्याम्पसले हाउसवयरिङ्ग, ड्राईभिङ, उद्यमशिलता जस्ता स्वरोजगार मुलक तालिम दिन थालेको छ ।

प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग विकास समिति र म्याग्दी क्याम्पसको सहकार्यमा विद्यार्थीलाई रोजगार/स्वरोजगारमुलक तालिम दिन थालिएको हो । क्याम्पसमा स्नातक तथा स्नाकोत्तर तहमा अध्ययनरत विद्याथी कक्षा छोड्ने (ड्रप आउट) गरी विदेश पलायन हुने समस्याको रोक्न विद्यार्थीलाई रोजगार तथा स्वरोजगारमुलक तालिममा सहभागी गराईएको क्याम्पसले जनाएको छ । क्याम्पसले हाउसवयरिङ्ग मात्र होईन, उद्यमशिलता, कम्प्युटर हार्डवयर, कम्प्युटर वेसिक, दलित छात्रलाई ड्राईभिङ्ग तालिम पनि चलाएको छ ।

‘मालिका गाउँपालिकाका अधिकांश क्षेत्रमा विधुत पुगेको छैन । मेरो घर/वडामा भर्खर विधुतको केन्द्रीय प्रशासण लाईनको तारपोल टाँग्ने काम भैरहेकोले क्याम्पसले संञ्चालन गरेको हाउस वायरिङ्ग तालिममा ब्यवसायीक भविश्य देखें र तालिममा सहभागी छु’ ब्यवस्थापन संकाय स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत मालिका गाउँपालिका, ५ देविस्थानका प्रितम फगामीले भने, ‘शैद्धान्तिक ज्ञान र ब्यवसायीक सीपको संयोजन गर्न खोज्दै छौं ।’

फगामी जस्तै म्याग्दी क्याम्पसमा विविएस अध्ययनरत १२ जना विद्यार्थीले ३ महिने हाउसवयरिङ्ग, २० जनाले कम्प्युटर हार्डवयर, १० जनाले सफ्टवयर, ५ जना विद्यार्थीले ड्राईभिङ्ग र ३० जनाले स्वरोजगा एवं उद्यमशिलता तालिम लिईरहेका छन ।

‘स्वदेशमै प्राप्त हुन सक्ने रोजगारमा युवा विद्यार्थीलाई आकर्षण गर्न ब्यवसायीक तथा शिपमुलक तालिम आवश्यक परेको हो’ सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालले भने, ‘दुखगरी बर्षेनी पढायो, विद्यार्थी अरव, कोरिया जान म्यानपावर कम्पनीको दैलोमा लाईन लागेका छन । त्यसैले स्वदेशमै संभावन खोज्न उत्प्रेरित गराउने र मार्गनिर्देश गर्न तालिम उपयोगी हुन विश्वास गरेका छौं ।’

त्यसैगरी क्याम्पसले विद्यार्थीकालागी स्वदेशकै रोजगारीमा आर्कषण गर्न लोकसेवा, शिक्षा सेवा तथा वैकिङ्ग एवं लेखा सेवा सम्बन्धी छुट्टै तालिम आयोजना गरिएको छ । यस्तो ६–दिने क्षमता विकास तालिममा ब्यवस्थापन, शिक्षा तथा मानविकी संकायका ३०–३० जना विद्यार्थी सहभागी थिए ।

‘ग्रामिण क्षेक्रमा सिमित शैक्षिक कार्यत्रम राखेर क्याम्पस चलेका छन । शहरमा विषय रोजेर पढ्ने अवसर नपाएका, घरकै रोटोपिठो खाएर पढ्ने धेरै विद्यार्थी रुची र क्षमताको विषय पढ्न वन्चित छन । त्यसैले अर्न्तनिहित क्षमता र सर्टिफिकेट नमिल्दा शैक्षिक वेरोजगार भए’ म्याग्दी क्याम्पसका सहायक प्रध्यापक तारानाथ शर्माले भने, ‘संञ्चालित स्वरोजगारमुलक तालिमले अन्यौलग्रस्त विद्यार्थीलाई मोटिभेसनगरी पढ्नु भनेको ब्यवसायको आधुनिकिरण पनि हो सिकाउने प्रयत्न हो ।’

०४८ सालदेखी समुदायको सकृयतामा ब्यवस्थापनमा स्नाकोत्तर तहसहित ब्यवस्थापन, शिक्षा र मानविकी विषयमा स्नातक तहसम्मको अध्यापन गराउने म्याग्दी बहुमुखी क्यामपसले गण्डकी प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग विकास समिति बेनी कार्यालय तथा बेनी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यार्थीकालागी शिपमुलक तथा ब्यवसायीक तालिम संञ्चालन गरेको हो ।

क्याम्पसले विद्यार्थीलाई ब्यवस्थापन संकायका विद्यार्थीलाई बैकिङ्ग तथा लेखा सम्बन्धी, शिक्षा संकायका विद्यार्थीलाई शिक्षक सेवा आयोग र मानविकी संकायका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पनि चलाएको छ ।

त्यसैगरी क्याम्पसले विभिन्न क्षेत्रमा सफल ब्यक्तिबाट मोटिभेसन कक्षा, प्रहरीसंग अपराध, लागुपदार्थ तथा साईवर क्राईम, ट्राफिक प्रहरीसँग ट्राफिक नियम र योग तथा मेडिटेसनका छुट्टै कक्षा समेत चलाउने गरेको छ ।’