- Loading...
पहिराेकाे उच्च जाेखिमपछी दानाकाे सुवाबासीलाइ सुरक्षित स्थानमा लगिदै, वस्ती उठाउँदै बेनी–जाेमसाेम सडक
- पुनहिल डट कम
- १ साल अघि
- ४३७ पटक पढिएको

गण्डकी प्रदेशकाे लाइफलाइन मानिएकाे राष्ट्रिय गाैरवकाे उत्तर-दक्षिण जाेड्ने अन्तर्रदेशिय राजमार्ग बेनी–जाेमसाेम–काेराेला सडकले म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ३ दानाका गुइठे, फगाम, सुवा र काप्रेवासीकाे भने रूवावास बनाएकाे छ ।
वस्ती पुछारबाट खनिएकाे सडकले चलाएकाे पहिराे माथी पहाडकाे टुप्पाेसम्मै उक्लेपछि अन्नपूर्ण गाउँपालिका, ३ दाना सुवागाउँका अति जाेखिममा परेका ११ परिवारलाई आइतवार सुरक्षित स्थानमा लगिएको छ । अझै १० घर परिवार जाेखिममै बसेका छन ।
पहिरोको उच्च जोखिममा रहेका सुवाका ११ परिवारका ४० परिवारलाई सोही वडाको दाना द्वारीखोलामा रहेको वडा कार्यालय र खाली जमिनमा टेन्ट टाँगेर राखिएको छ । पहिरोग्रस्त सुवा वस्तीबाट स्थानन्त्रण गर्न खोजिएको स्थानमा पुग्न कम्तीमा १ घन्टा टाढा रहेको छ ।
गाउँपालिका उपाध्यक्ष दीवा कुमारी तिलिजाको नेतृत्वमा पालिकाका प्राविधिक, प्रहरी र शसस्त्रसमेतको टोलीले स्थलगत अध्ययनपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थलमा लगिएको छ । घट्नास्थल पुगेको टोलीले जोखिम आंकलनको आधारमा अति जोखिममा ११ परिवार र १० परिवारलाई जोखिममा राखेको छ ।
‘सुवाका ११ परिवारलाई आजै सुरक्षित स्थानमा नलगे मानवीय क्षतिको जोखिम देखियो । बाँकी १० घर पनि जोखिममा छन’ अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दीवा तिलिजाले भनिन, ‘उच्च जोखिममा हुनुहुन्छ तर स्थानन्त्रण गर्न खोजिएको स्थानमा बनाईएको अस्थाई बासस्थान ब्यवस्थित नभएको र टाढा भएको भन्दै केही बृद्धबृद्धाहरु घर छोड्न मान्नु भएको छैन ।’
गत वर्ष पनि दाना फगामका ३० परिवारकाे तल गुइठेबाट उक्लेकाे पहिराेले यसरी नै घरवास उठीवास लगाएकाे थियाे । फगामबासी ज्यान जाेगाउने पाखामा पाल राखेर बसेका थिए । अझै पालकाे बास छ ।
बेनी–जोमसोम सडक अर्न्तगत अन्नपूर्ण गापा, ३ खामभित्ताको पहिरो बढ्दै करिव ५ किमी माथीसम्म धजा फाटेर बग्दै सुवा गाउँसम्म पुगेको हो । वस्तीको पुछारमा कालिगण्डकी किनारमा कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले ११ मिटर चौडा सडक खनेको तथा सो भन्दा माथी कालीगण्डकी करिडोर २२० केभिए प्रशारण साईनले टावर निर्माण गर्न अब्यवस्थित रुपमा सडक खनेपछि चार बर्ष अघिदेखी पहिरो चल्न थालेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
