- Loading...
जुम्लाका एक ब्यक्तिले एक रातमै ७ घरमा अागाे लगाए
- पुनहिल डट कम
- १ साल अघि
- २३२ पटक पढिएको

चन्दननाथ नगरपालिका १ र गुठिचौर गाउ‘पालिका ४ का सातवटा घरमा आगजनी गर्ने चन्दननाथ २ भण्डारीबाडाका
जुम्लाकाे चन्दननाथ नगरपालिका, २ भणडारीबाडाका रत्नप्रसाद अधिकारीले एकै रात सात जनाकाे घरमा अागाे लगाइदिएका छन ।
अधिकारीले साउन ६ गते राती जुम्लाकाे चन्दननाथ नगरपालिका, १ र गुठिचौर गाउँपालिका, ४ मा गरी ७ वटा घरमा अागाे लगाउने अधिकारीलाइ जुम्ला प्रहरीले पक्राउगरी सार्वजनिक गरेकाे छ । प्रहरीसँगकाे प्रारम्भीक बयानमा अधिकारीले अार्थिक अभावले विछिप्त भएपछि अावेगमा सवै ७ वटै घरमा अागाे लगाएकाे बताएका छन ।
प्रहरी नायव उपरीक्षक डिएसपी प्रह्लाद कार्कीका अनुसार अधिकारीको पुख्र्याैली घर गुठिचौर ४ उखाडी रहेको छ । उनी घरज्वाइ बस्न चन्दननाथ २ भण्डारीबाडामा आएका थिए । साउन ६ गते एकैपटक गुठिचौर, का रतनबहादुर बुढा, वडा ४ का लालचन्द्र सार्की,कविदत्त न्यौपाने,धवलपुरका खडानन्द पाण्डे, प्रेमप्रसाद न्यौपाने,डाडाबाडाका कविदत्त न्यौपाने र चन्दननाथ नगरपालिका १ रानाका रतनबहादुर बुढाको घरमा आगजनी गरेका थिए ।
प्रहरीका अनुसार साउन ६ गते नै उनले गुठिचौर ५ को धितागाउ‘ नजिकै पार्किङ गरेर राखेको रारा तेन्जिन कन्ट्रक्सनको टयाक्टरमा समेत आगो वयान दिएका छन । डिएसपी कार्कीले भने,‘अनुसन्धानमा आगजनी गर्दा देखिएका घरहरुको अवस्था,भेटिएका मानिसहरु देखि प्रयोग गरिएको बाटो र आगजनी गर्दा बोकेका सामानहरुको बारेमा स्पष्ट वयान दिएका छन । ’
वयानका क्रममा अधिकारीले असार २६ गते गुठिचौर ४ बालुस्थित कृष्णबहादुर अधिकारीको पसलमा चोरी गर्न गएकोमा ताला फोड्न नसकेपछि पार्किङ गरिएको अटो रिक्सामा समेत आगजनी गरेको स्वीकारेका छन । अटो रिक्साका धनि कृष्णबहादुर अधिकारीले उनको नाममा जाहेरी दिएपनि प्रहरीले अपराधिक उपद्रव शिर्षकमा कसुर दर्ता गरि अनुसन्धान गरेको थियो ।
उनी नेपाली सेनामा कार्यरत भएर स्वास्थ्यका कारण उपदान लिइसकेका व्यक्ति हुन । चन्दननाथ १ राना स्थित साउने कामीको गुठिचौर ५ मा रहेको आटीमा असार २ गते उनकी श्रीमतिले लगाएको गरगहनालुट्ने योजना बनाएको र सो गोठमा कोही नभएको अवस्थामा गोठ नै जलाइ लिदएको बताए । साउन ६ गते राति चन्दननाथ १ डुडखोच स्थित रतनबहादुर बुढाको घरमा झरो र लाइटरको प्रयोग गरेर आगजनी गरेको र जंगलको बाटो प्रयोग गरेर गुठिचौरमा गएर सात घरमा आगो लगाएको वयान दिएको प्रहरीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
